कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पाठकलाई कारबाही माग

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा बैठकमा सांसदहरूले भ्रष्टाचारमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई राजीनामा दिँदैमा छुट नदिन माग गरेका छन् । उनीहरूले भ्रष्टाचारको सत्यतथ्य पत्ता लगाएर पाठकलाई कारबाही गर्न आग्रह गरे ।

सांसद अमृता थापाले संवैधानिक पदमा बसेका व्यक्तिले राजीनाम दिँदैमा छुट पाउन नहुने बताइन् । सांसद गणेश पहाडीले भ्रष्टाचार कसुर प्रमाणित भए पाठकलाई कारबाही गरिनुपर्ने उल्लेख गरे ।


संसदमा लोकगायक पशुपति शर्माको ‘लुट्न सके लुट्’ गीतले पनि चर्चा पायो । सत्तारूढ दलको दबाबमा उक्त गीतलाई युटयुबबाट हटाउन लगाइएको प्रति कांग्रेस सांसदको आपत्ति थियो । सांसद अमरेशकुमार सिंहले गीतलाई रोक लगाइएको सूचना सही हो भने त्यसबाट लोकतान्त्रिक अधिकार हनन हुने बताए । उनले शर्मालाई जनगायकको संज्ञा दिँदै आफ्नो तलबबाट २५ हजार दिने घोषणा गरे ।


प्रत्युत्तरमा नेकपा सांसद झपट रावलले सरकारले गीत हटाउन लगाएको बताए । उनले सांसद सिंहलाई लक्षित गर्दै भने, ‘यही गीत माननीयज्यूले गाउनुभयो भने २५ हजार होइन, म एक महिनाको पूरै तलब दिन्छु ।’

प्रकाशित : फाल्गुन ६, २०७५ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?