कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष अन्सारीकाे नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गरिने

मकर श्रेष्ठ

काठमाडौँ — संसदीय सुनुवाइ समितिले संवैधनिक परिषद्‌बाट मुस्लिम आयोगका अध्यक्ष सिफारिस गरिएका समिम अन्सारीकाे नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गर्ने भएकाे छ । सुनुवाइ समितिमा अन्सारीको एसएलसी र प्रमाणपत्र तहको सर्टिफिकेट नक्कली भएको, नागरिकता विवादित रहेको र नेकपाको केन्द्रीय सदस्य रहेको उजुरी परेको थियो ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष अन्सारीकाे नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गरिने

समितिको मंगलबार बसेको बैठकले उजुरीकर्तासँग छलफल र छानबिन पछि मात्रै सुनुवाइ गर्ने निर्णय गरेको हो । उजुरीकर्तासँग आजै छलफल गरिएको छ ।


संवैधानिक परिषद्‌बाट विवादित प्रमाणपत्रहरु र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताबारे मगाउने समितिले जनाएको छ । काठमाडौं ९ ठेगाना रहेका अन्सारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका थिए ।

पार्टीको सदस्यता बारे निर्वाचन आयोगबाट जानकारी लिने समितिले जनाएको छ ।


गत माघ ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले संविधानमा नयाँ व्यवस्था गरिएका चार समावेशीसहित पाँच संवैधानिक आयोगमा अध्यक्ष सिफारिस गरेको थियाे ।

परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्व अर्थसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, विजयकुमार दत्तलाई मधेशी आयोग, विष्णुकुमार चौधरीलाई थारू आयोग र समिम अन्सारीलाई मुस्लिम आयोगको अध्यक्ष सिफारिस गरिएको छ ।

अन्य आयोगका पदाधिकारी बारेकाे सुनुवाइ सुरु भएको छ ।


याे पनि पढ्नुहाेस्

प्रकाशित : फाल्गुन ७, २०७५ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?