२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

जिप भीरमा खस्दा ३ को मृत्यु, दर्जन घाइते

प्रकाश बराल

बागलुङ — जिल्लाको जैमिनी नगरपालिका ८ स्थित छिस्तीमा पिकअप जिप खस्दा ३ जनाको मृत्यु भएको छ । ध १ ज ७९१ नम्बरको जिप छिस्तीको टुनीबोटमा सडकदेखि १ हजार मिटर तल भीरमा खसेको वडाध्यक्ष विजय अधिकारीले बताए । जिपमा सवार अधिकांश घाइते भएका छन् । घाइते हुनेमा केवै भन्ने स्थानका बढी छन् ।

जिप भीरमा खस्दा ३ को मृत्यु, दर्जन घाइते

स्थानीय जनकल्याण माविको वार्षिकोत्सव सकेर घर फर्केका विद्यार्थी र अभिभावकहरु चढेको जिप दुर्घटनामा परेको हो । झण्डै २५ जना सवार जिप के कारणले दुर्घटनामा परेको भन्ने एकिन भएको छैन । घटनास्थलमा गाउँले, प्रहरी र नेपाली सेनाका टोली पुगेको प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए । घाइतेलाइ राति अवेरसम्ममा सदरमुकाम ल्याइने बताइएको छ ।


उद्धारका लागि सदरमुकामदेखि प्रहरी टोली गएको छ । सदरमुकामदेखि ३६ किमि दक्षिणको छिस्तीको घटनास्थल पुग्न झण्डै चार घण्टा लाग्छ ।


प्रकाशित : फाल्गुन ७, २०७५ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?