कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बालिकालाई बलात्कारपछि जलाइएको दाबी

कान्तिपुर संवाददाता

जनकपुर — धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुर मगरटोलकी ११ वर्षीया रेश्मा (दुतीया) रसाइलीको बलात्कारपछि हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश २ प्रहरीको संयुक्त टोलीले घटनाको चार दिनपछि बलात्कारका आरोपी पक्राउ गरेको हो । 

बालिकालाई बलात्कारपछि जलाइएको दाबी

प्रहरीले बटेश्वर गाउँपालिका–४ स्थित काकाको घरमा बस्दै आएका २२ वर्षीय निरन जर्घामगरलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । देवनारायण रसाइलीकी छोरी रेश्माको शव आधा जलेको अवस्थामा नजिकैको उखुबारीमा बिहीबार बिहान फेला परेको धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खरेलले बताए । उनका अनुसार गत बुधवार राति गाउँकै इन्द्र थापामगरकी छोरी मन्दिरा थापा मगरको बिहे भोजमा नाच्दै रमाइलो गरिरहेकी रेश्मालाई निरजले चाउचाउ दिएर फकाउँदै उखुबारीमा लगेर बलात्कार गरी हत्या गरेका थिए ।


रेश्मा बोल्न नसक्ने सुस्तश्रवण बालिका हुन् । निरजले मृतकको पहिचान लुकाउन शवमाथि उखुको पात, रेश्माले लगाएको लुगा र चप्पल राखेर आगो लगाएको एसपी खनालले बताए । निरजले गाउँभन्दा २ सय मिटर टाढा पोखरीको डिलमा बलात्कार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।


‘मगर टोलमा विवाह सकिएपछि नाच्दै गरेकी रेश्मालाई नजिकैको किराना पसलबाट राति ८ बजे फ्रुटी र चाउचाउ दिएर फकाएको देखिन्छ,’ एसपी खनालले भने, ‘बोल्नै नसक्ने बालिकालाई फकाएर बलात्कारपछि हत्या भएको छ, हत्याको प्रमाण नष्ट गर्न शव जलाएको अनुसन्धानमा देखिएको छ ।’


लागूऔषध सेवन गरेका मगरले बलात्कारको प्रमाण नष्ट गर्ने उद्देश्यले हत्या गरेको देखिएको एसपी खनालले बताए । उनका अनुसार आपराधिक पृष्ठभूमिका मगरले औंठाछाप (फिङ्गर प्रिन्ट) लुकाउन बालिकालाई जलाएका थिए । अपराध गरेपछि राति सुत्न घर गएका मगर शनिबार स्थानीयसँगै शव हेर्न घटनास्थल पुगेका थिए । तर खोजी सुरु भएपछि उनी मोबाइल स्विच अफ गरी लुकीछिपी बस्न थालेका थिए ।


भारततर्फ भाग्ने तयारीमा रहेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरीको संयुक्त टोलीले आइतबार सीमावर्ती विदेह नगरपालिका–२ स्थित दुहवी गाउँबाट पक्राउ गरेको थियो । आफूलाई ‘हाम्ली डन’ भन्दै आएका निरज लागूऔषधका दुव्र्यसनी र आपराधिक पृष्ठभूमिका रहेको खरेलले बताए 

प्रकाशित : फाल्गुन ८, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?