१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

१८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद विकास कोषको रकमबाट विद्युत् विस्तार कार्यमा १० लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

१८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रायमाझीसहित तत्कालीन जिल्ला विकास समितिका प्रमुख इन्जिनियर जगदीश शर्मा, कृष्ण पण्डित, लेखा अधिकृत प्रकाश केसी, नासु जीवराज केसीलगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । ग्रामीण विद्युतीकरण शिवरथ उपभोक्ता समितिमार्फत भएको काममा पोलमात्र गाडी अन्य काम फर्जी भएको पाइएको अभियोगपत्रमा उल्लेख छ ।

उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर भण्डारीसहित समितिका ४ पदाधिकारी र ठेकेदार विनोद केसीविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरूले १५ लाख रुपैयाँको योजनामा ५ लाखको मात्र पोल गाडेर १० लाख रुपैयाँ हिनामिना गरेको अख्तियारले उल्लेख गरेको छ ।


यस्तै, अख्तियारले जग्गा किनबेचमा राजस्व छलेको आरोपमा जिल्ला मालपोत कार्यालय सुनसरीका नापी सर्वेक्षक अमरकुमार झा र जग्गाधनीसहित तीन जनाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?