कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दुर्घटनाका दुईको मृत्यू

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङ सदरमुकाम फुङलिङको हेलिप्याडमा मंगलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनाका दुईजनाको मृत्यू भएको छ । गम्भिर घाइते भएका चालक पाथीभरा याङवरक गाउँपालिका-१ नाङ्खोल्याङका २६ वर्षीय अमिर बर्देवाको पनि मृत्यू भएको प्रहरी नायव उपरिक्षक सञ्जय सिंह थापाले जानकारी दिए । 

उपचारकालागि लैजाने क्रममा उनको पाँचथर फिदिममा पुगेपछि मंगलबार राति मृत्यू भएको हो । दुर्घटनामा इलामको देउमाई नगरपालिका-१ की २२ वर्षीय सृजना गुरुङको घटनास्थलमै मृत्यू भएको थियो । उनी सिंचाइ डिभिजन कार्यालय ताप्लेजुङमा सामाजिक परिचालकको रुपमा कार्यरत रहेकी थिइन् ।


तिब्र गतिमा रहेको मोटरसाइकल सदरमुकामको तोक्मेडाँडाँवाट जरा होटल हुँदै मेची राजमार्गमा निष्कने क्रममा दुर्घटनामा परेको थियो । चालक अमिर ना २१प ५६२८ नम्वरको मोटरसाइकल लिएर तोक्मेवाट जरा होटलतर्फ एक्लै गएका थिए ।


त्यहावाट सृजना बाइकको पछाडि बसेकी थिइन् । शाखा सडकबाट मेची राजमार्गमाझरेपछि स्थानियले दुवैलाइ तत्काल जिल्ला अस्पताल पुर्‍याएका थिए । दुवैका आफन्त आइसकेकाले पोष्टमार्टमपछि बुधबार नै उनिहरुको शव बुझाउने तयारी भएको थापाले बताए ।


प्रकाशित : फाल्गुन ८, २०७५ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?