यौन दुर्व्यवहारको आरोपी सहायक डीन साह निलम्बित

सुदिप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन गरेको छ ।

यौन दुर्व्यवहारको आरोपी सहायक डीन साह निलम्बित

यौन दुर्व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहीन तथा निन्दनीय कार्य गरेको भन्दै विश्वविद्यालयको कुनै पनि कामकाज गर्न/नपाउने गरी सहायक डीन पदबाट निलम्बन गरिएको हो ।


.....

त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका सहायक डिन बौबालाल साहलाई सत्ता पक्षका विद्यार्थी संगठनहरुले कालोमोसो दलेका छन् । एक जना छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै अखिल क्रान्तिकारी र अनेरास्वीयुका कार्यकर्ताहरूले सहायक डिन साहलाई बुधवार कालोमोसो दलेका हुन् ।


बुधवार शैक्षिक प्रमाणपत्रका लागि त्रिभुवन विश्वविद्यालयमा आइरहेको बेला सहायक डिन साहले ती छात्रालाई यौन दुर्व्यवहार गरेका आरोप छ । बर्दिया घर भएकी ती छात्राले शिक्षाशास्त्र संकायको डिन कार्यालयमा साह विरुद्ध उजुरी दिएकी छन् ।

उजुरीमा जबरजस्ती गर्ने उद्देश्यले संवेदनशील अङ्ग छोएको उल्लेख छ । पीडितलाई किर्तिपुरको नेपाल बैंकबाट परीक्षा नियन्त्रक कार्यालय जाने बाटोमा सहायक डिन साहले दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ ।

पीडितले उजुरी दिएपछि त्यहाँ रहेका विद्यार्थीहरूले सहायक डिन साहलाई कालोमोसो दलेका थिए ।

प्रकाशित : फाल्गुन ८, २०७५ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?