२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

दुर्घटनामा चालकसहित दुईको मृत्यु 

डिल्लीराम खतिवडा

उदयपुर — सगरमाथा लोकर्मागअन्तर्गत उदयपुरको गाईघाट साउने खण्डको त्रियुगा नगरपालिका—१० ब्राहाकिलोमिटर मोडमा बुधबार दिउँसो पौने ३ बजे ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । 

आँपटारबाट सदरमुकाम गाईघाटतर्फ आउँदै गरेको ना ५ त ६७६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका—१५ का २७ वर्षीय दुर्गबहादुर मगर र रौतामाई गाँउपालिका—५ का ४३ वर्षीय दिलबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए ।


आपटारबाट सिन्कौली (तेजपात) लिएर गाईघाटतर्फ आउँदै गरेको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा अन्य ४ जना घाइते भएको प्रहरी नायव उपरीक्षक रानाभाटले बताए । तेजपाता लोड गरिएको ट्याक्टरमा चालक मगरसहित ६ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।


घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याइएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?