मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित अन्सारीको दुईवटा जन्ममिति

नागरिकता र ढड्डामा फरक जन्ममिति
मकर श्रेष्ठ

काठमाडौँ — मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीमाथि छानबिन सुरु गरिएको छ । छानबिनको क्रममा उनको फरक जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०५५ साल पुस २२ मा लिएको नागरिकताको ढड्डामा २०३७ साल असोज २४ गते र २०६६ साल भदौ ९ मा प्रतिलिपि लिँदा उनको जन्ममिति २०३० साल असोज २४ गते उल्लेख छ ।

मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित अन्सारीको दुईवटा जन्ममिति

०७३८४/८७१ नागरिकता नम्बर रहेको अन्सारीको प्रतिलिपि जारी गर्दा प्रशासनको ढड्डामा सिडिओको नामसमेत उल्लेख छैन । प्रशासन स्रोतका अनुसार नागरिकता नम्बर ८७० मा नागरिकता वाहकको जारी गर्ने प्रमुख जिल्ला अधिकारीको नाम योगेन्द्रनाथ ओझा उल्लेख छ । अन्सारीको ८७१ नम्बर रहेको नागरिकतामा सिडिओको नाम रहने ठाउँमा ‘द’ मात्रै लेखिएको छ ।


अन्सारीले २०५५ सालमा नागरिकता लिने क्रममा काठमाडौँ महानगरपालिका–१९ ठेगाना उल्लेख गरेका छन् भने प्रतिलिपि लिने क्रममा काठमाडौँ महानगरपालिका–९ उल्लेख गरेर लिएका छन् ।


यो पनि पढौं :

मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष अन्सारीकाे नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन गरिने




प्रकाशित : फाल्गुन ८, २०७५ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?