लम्बियो नेकपाकाे एकता प्रक्रिया

कान्तिपुर संवाददाता

काठमाडौँ — पार्टी एकताको प्रस्ताव तयार पार्न गठित कार्यदलले सहमति जुटाउन नसकेपछि नेकपाको सचिवालयले आफैं छलफल गर्ने भएको छ ।

लम्बियो नेकपाकाे एकता प्रक्रिया

रामबहादुर थापा संयोजकत्वको कार्यदलले सहमतिको प्रस्ताव तयार गर्न नसकेपछि थप समय मागेको थियो । तर सचिवालयले म्याद थप्नेभन्दा कार्यदल पदाधिकारीलाई बोलाएर विषय टुंग्याउने तयारी गरेको हो ।


दुई दिनअघि बसेको सचिवालय बैठकले बिहीबार थप छलफल गर्ने र एकताको विषयमा टुंगोमा पुग्न प्रयास गर्ने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेताहरूले एक पटक कार्यदलभित्र भएको छलफल र त्यसको विवरण बुझ्ने र त्यसपछि धारणा बनाउनेछन् ।


गत जेठमा पार्टी एकता भए पनि प्रदेश, जिल्लासहित भ्रातृ संगठनबीच एकीकरण भइसकेको छैन । कार्यदललाई एकताको प्रस्ताव तयार गर्ने, केन्द्रीय समितिहरूको कार्यविभाजनलगायत टुंगो लगाउन जिम्मा दिइएको थियो । तर, कार्यदलभित्र प्रदेशमा यसअघि सिफारिस व्यक्तिहरूको नाममै सहमति जुट्न सकेन ।


त्यसैले जिल्ला तहको नेतृत्वमा पनि कसलाई कसरी लैजाने भन्ने मापदण्ड बन्न नसक्दा एकता प्रक्रिया झन् लम्बिँदै गएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७५ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?