कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

जीवनमै पहिलोपटक दौरामा बाबुराम, भन्छन् 'देश अनुसारको भेष !'

गंगा बिसी, हरि गौतम

काठमाडौँ — विकासको अवधारण बुझ्दै–बुझाउँदै मध्यपहाडी राजमार्ग हुँदै चिवाभञ्ज्याङ पाँचथरदेखि बैतडीको झुलाघाटसम्मकाे यात्रामा निस्किएका पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पहिलो पटक दौरासुरुवाल लगाएका छन् । 

जीवनमै पहिलोपटक दौरामा बाबुराम, भन्छन् 'देश अनुसारको भेष !'

रुकुम पश्चिमको चौरजहारीबाट भेरी नदी पार गरेपछि उनले दौरासुरुवाल लगाएका हुन् । खस जातिको उद्गमस्थल कर्णाली प्रवेश गरेकाले दौरासुरुवाल लगाएको यात्रामासँगै सहकी नेतृ हिसिला यमीले बताइन् ।


‘खस जातिको उत्पत्ति भएको प्रदेशमा कार्यक्रम भएकाले बाबुरामले दौरासुरुवाल लगाउनु भएको हो’ उनले भनिन्, ‘यसअघि उहाँले कहिलै दौरासुरुवाल लगाउनु भएको थिएन ।’


भट्टराईका लागि दौरासुरुवाल काठमाडौंको असनबाट किनेको उनले जानकारी दिइन् । ‘कर्णाली प्रदेशमा यात्रामा हुँदासम्म उहाँले दौरासुरुवाल लगाउनु हुनेछ,’ उनले भनिन् । एक महिने यात्राका क्रममा २४ औ दिनमा उनी कर्णालीको जाजरकोट पुगेका हुन् ।


खसआर्य क्षेत्रको पहिरनको पहिचान भएको भन्दै भट्टराईले कर्णाली क्षेत्रभर दौरासुरुवालमै यात्रा गर्ने बताएका छन् । जाजरकोटमा भएको अन्तरक्रियामा बोल्दै भट्टराईले नेपालमा इन्द्रेणि राष्ट्रियता रहेको बताए ।


ठाउँ, समुदाय, क्षेत्र अनुसार आ–आफ्नै भेषभुषा रहेको भन्दै उनले खस क्षेत्रमा पुगेपछि खसबासीको पहिरन लगाएको बताए । ‘देशमा रंगीविरंगि भेषभुषा छन्, सबैको भेष भुषाको आ–आफ्नै महत्व तथा पहिचान छ,’ भट्टराईले भने, त्यसैले खस क्षेत्रको यात्राको त्रममा यही क्षेत्रको भेषभुषा लगाएँ, यो खस क्षेत्री समुदायको सम्मान पनि हो ।’


उनको यात्रामा पूर्व सहकर्मी, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रशासनले उनलाई स्वागत गरेको नयाँ शक्तिकी नेतृ यमीले जानकारी दिइन् । ‘सबैले हामीलाई साथ सहयोग दिनुभएको छ’ उनले भनिन्, ‘यो विकास सम्वन्धी अवधारणा बुझाउने यात्रा पनि हो ।’

भट्टराईले यात्राका क्रममा कास्की र पर्वतमा गुरुङ समुदायको पहिरन लगाएका थिए । काभ्रेका कार्यक्रममा तामाङको पोशाकमा देखिएका थिए । पाँचथरको कार्यक्रममा उनले ढोलक बजाएका थिए ।

भट्टराई पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म एकहजार सातसय ६५ किलोमिटर जनसंवाद यात्रामा निस्किएका हुन् । उनको यात्रा फागुन १५ गते सुदूरपश्चिम प्रदेशको बैतडी पुगेर टुंगिने छ ।

प्रकाशित : फाल्गुन ९, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?