कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पत्रकार महासंघको विधान सभा जारी

कान्तिपुर संवाददाता

पोखरा — पत्रकार महासंघको केन्द्रीय साधारणसभा बिहीबार सुरु भएको छ । सभामा विधान संशोधनसमेत हुनेछ । महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनेगरी विधान संशोधन हुन लागेको हो ।

पत्रकार महासंघको विधान सभा जारी

‘अबदेखि सबै साधारण सदस्यले केन्द्र, प्रदेश र जिल्ला शाखाका पदाधिकारीलाई प्रत्यक्ष मतदान गर्ने गरी विधान संशोधन प्रस्ताव हुनेछ,’ महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले भने, ‘यो प्रस्ताव पारित हुने भए महासंघको पुनःसंरचना पनि हुनेछ ।’

साधारणसभाको प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले उद्घाटन गरे । महासंघ अध्यक्ष गोविन्द आचार्यका अनुसार श्रमजीवी पक्रकारको हकअधिकारका लागि सशत्त रूपमा लाग्ने, स्वरोजगारमूलक मिडियाको संरक्षण, प्रेस स्वतन्त्रताविरोधी कानुनको विरोधलगायत विषय सभामा छलफल हुने बताए । सभा शुक्रबारसम्म चल्नेछ ।

बिहीबार उद्घाटन सक्र र शुत्रबार बन्द सत्र गरिएको छ । आचार्यका अनुसार सञ्चारमाध्यमले प्रस्तुत गर्दै आएका समाचार सामग्रीको आत्मसमीक्षासमेत गरिनेछ । साधारणसभाका लागि महासंघ कास्कीले विभिन्न २७ उपसमिति गठन गरेको थियो । करिब १ हजार ६ सय सभासदमध्ये बिहीबार साँझसम्म एक हजारभन्दा बढी पोखरा आइपुगेको स्थानीय आयोजक महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

आन्तरिक पर्यटन वर्ष घोषणा

साधारणसभा उद्घाटन अवसरमा गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ घोषणा गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन वर्षको घोषणा गर्दै यस वर्षभर करिब १५ लाख आन्तरिक पर्यटक भित्र्याउने उद्घोष गरे ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणासँग मेल खानेगरी समृद्धिको मेरुदण्ड पर्यटन विकासका लागि गण्डकी सरकारले आन्तरिक पर्यटन वर्ष मनाउन लागेको हो ।

प्रकाशित : फाल्गुन १०, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?