३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

'सीएमसीकै लापरवाहीले गर्दा मेलम्चीमा ढिला भएको हो'

कान्तिपुर संवाददाता

काठमाडौँ — सीएमसी कम्पनीको लापरबाहीले गर्दा मेलम्ची खानेपानी आयोजना समयमा पूरा गर्न नसकेको खानेपानीमन्त्री बिना मगरले संसदमा जानकारी गराएकी छन् ।

'सीएमसीकै लापरवाहीले गर्दा मेलम्चीमा ढिला भएको हो'

आयोजनाले आफ्नो कार्यकालमा तुलनात्मक रुपमा फड्को मारिरहेको बेला अन्तिम चरणमा असफल भएको बताउँदै उनले भनिन्, ‘टेनल, गेट निर्माण अन्तिम चरणमा थियो, काठमाडौंवासीलाई चाडो पानी खुवाउने तयारीमा थियौं, बीचमा अन्योलता सिर्जना भए, सिएमसिले छोडेपछि आयोजनाबारे चासो र चिन्ता बढेको छ ।’

यसलाई स्वाभाविक रुपमा लिनुपर्ने भन्दै चाँडोभन्दा चाँडो समाधानका लागि आफूले पनि गृहकार्य सुरु गरेको बताइन् । उक्त समस्यालाई दुई तरिकाले समाधान गर्नेगरी गृहकार्य भैरहेको उनकाे दाबी थियो ।

उनले सीएमसीसँग पनि वार्ता भइरहेको र सीएससी काममा नफर्किए स्वदेशी ठेकदार मार्फत नै काम सम्पन्न गरिने बताएकी थिइन् । उनले आफ्नो कारणले सीएमसी बाहिरिएको आरोपको प्रतिवाद गरेकी थिइन् ।

‘बाहिर जेजती समाचारहरु आए सबै मिडियाबाजी हुन्, यसबारे थप बोल्न चाहान्न, मेलम्ची उपत्यकाबासी जनताहरुको निकै महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हो, यो मेरो कार्यकालसँग जोडिएको कारण यसमा गिद्धेनजर लाउन दिने छैन,’ उनले भनिन् ।


प्रकाशित : फाल्गुन १०, २०७५ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?