कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

स्ववियु निर्वाचन सरकारले रोक्यो : कांग्रेस सांसद भुसाल 

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले सरकारबाटै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोक्ने काम भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै सचेतक भुसालले प्रतिपक्षी दलका नेताले स्ववियु निर्वाचन अस्वीकार गरेको भन्ने भ्रम सिर्जना गरी प्रधानमन्त्री केपी ओली नै निर्वाचन रोक्ने काममा लागेको आरोप लगाइन् ।

स्ववियु निर्वाचन सरकारले रोक्यो : कांग्रेस सांसद भुसाल 

त्रिभुवन विश्वविद्लायको कूलपतिसमेत रहेका प्रधानमन्त्रीले स्ववियु निर्वाचनबारे सदनलाई जानकारी दिन उनले माग गरिन् । 'बाहिर प्रतिपक्षी दलले स्वीकार गरेन भन्ने भ्रम सिर्जना गरेर सत्तापक्षबाट स्ववियु निर्वाचन रोक्ने काम भइरहेको छ' उनको माग थियो, 'त्यसको जानकारी सदनमा चाहन्छौं ।'


स्ववियु निर्वाचन हुने कुरामा प्रतिपक्षी दलका नेताले अस्वीकार गरेको भन्ने विषय त्रिविको कुलपति प्रधानमन्त्री भएकोले त्यहींबाट खण्डन हुने सांसद् भुसालले बताइन् । उनले त्रिविका कुलपतिको हैसियतले प्रधानमन्त्रीले निर्वाचन रोकिएकोबारे पहलकदमी नगरेकोमा गुनासो पोखिन् । 'स्ववियु निर्वाचन कसको कारणले किन भएन भनेर पहलकदमी अगाडि नबढाइकन कांग्रेसले नमानेको भनेर भ्रम फैलाइएको छ' उनले भनिन् ।


फागुन १४ भित्र हुनुपर्ने स्ववियु निर्वाचन प्रमुख दलनिकट विद्यार्थी संगठनबीच कुरा नमिल्दा र त्रिविको आलटालले धकेलिएको विद्यार्थी नेताहरु बताउँछन् । त्रिविको क्यालेण्डर अनुसार फागुन १४ गतेभित्र स्ववियु निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।


स्ववियु निर्वाचन विषयमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी)ले नेविसंघ निर्वाचनबाट भाग्न लागेको आरोप लगाएका छन् । तर, नेविसंघका नेताहरु भने सत्तापक्ष नेकपा निकटका विद्यार्थी संगठनकै कारण चुनाव धकेलिएको आरोप लगाउँदै आएका छन् ।


स्ववियुको अर्को निर्वाचन मिति घोषणा गर्नुपर्ने भएपछि यही फागुन ६ गते त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीको संयोजकत्वमा ७ सदस्यीय केन्द्रीय निर्वाचन समन्वय एवम् निरीक्षण समिति बनाएको छ ।

प्रकाशित : फाल्गुन १०, २०७५ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?