१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रेडपाण्डाको छालासहित एक पक्राउ 

हरि गौतम

रुकुम पश्चिम — दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रेडपाण्डाको ३ वटा छाला सहित बाँफिकोट गाउँपालिका–३ कोलचौरका २३ वर्षीय विकास विकलाई पक्राउ गरेको हो । 

रेडपाण्डाको छालासहित एक पक्राउ 

शुक्रवार मुसीकोट नगरपालिका–१ गिल्वाङमा ग ५ प ११६५ नम्बरको मोटरसाइकलमा सदरमुकामतर्फ आइरहेको अवस्थामा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विकले बोकेको झोलाभित्र रेडपाण्डको छाला बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।


प्रहरीले शनिवार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति तथा बरामद रेडपाण्डाको छाला सार्वजनिक गरेको हो । मोटरसाइकल पछाडी बस्ने नामथर र ठेगाना नखुलेका प्रतिक भनिने व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ ।


प्रतिकलाई नियन्‌त्रणमा लिने त्रममा प्रहरीमाथि नै आक्रमण गरेर भिरबाट हामफालेर भागेको डीएसपी खड्काले बताए । नियन्त्रणमा लिने त्रममा अभियुक्तले मोटरसाइकलको चेनिज प्याकेट प्रहार गर्दा प्रहरी हवल्दार थिरबहादुर विष्ट घाइते भएका छन् । विष्टको खुट्टामा गहिरो चोट लागेको छ ।


मोटरसाइकल पछाडि बस्नेको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अुनसन्धानपछि रेडपाण्डाको छाला र पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालय पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ११, २०७५ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?