कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सरकारले घाइतेको उपचार गर्ने

रासस

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटबाट घाइते भएकाको उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन् । 

सरकारले घाइतेको उपचार गर्ने

बम विस्फोटबाट घाइते भएका व्यक्तिको उपचार भइरहेको मेडिसिटी अस्पताल पुगेर शनिवार उनले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकसँग आग्रह गरे । सो अवसरमा गृहमन्त्री थापाले विस्फोटको घटना निकै दुखद् भएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई नियन्त्रणमा लिई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गरे ।


उनले भने,“विस्फोटका घटना देशव्यापी रुपमा घटाइएको छ, दोषीलाई कानूनको कठघरामा ल्याउँछौँ, आपराधिक घटना नियन्त्रणमा सरकारले कठोर कदम उठाउँछ ।” विस्फोटमा परी मृत्यु भएका व्यक्तिप्रति समवेदना प्रकट गर्दै उनले मृतकका परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।


ललितपुरको नख्खुस्थित एनसेलको टावर अगाडि अज्ञात समूहले शुक्रबार साँझ बम विस्फोट गराउँदा तीन घाइते भएका थिए । विस्फोटमा परी प्रतीक्षा खड्का, आयुषा मानन्धर र सिंहप्रसाद गुरुङ घाइते भएका थिए । घाइतेमध्ये गुरुङको उपचारका क्रममा गए राति निधन भएको थियो ।


विस्फोटका घाइते भेट्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत अस्पताल पुगेका थिए । घाइतेका आफन्तले दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न सरकारसँग आग्रह गरेका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७५ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?