कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

अराजकता नियन्त्रण गर : नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारूढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रशासनिक संयन्त्रमा बढेको अराजकता र दण्डहीनता नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको वाषिर्क साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले काम नगर्नेलाई दण्डित गर्न तथा अनुचित रूपमा पदको दुरुपयोग गर्नेलाई सजाय गर्न सरकारको ध्यानाकर्षण गराए ।

अराजकता नियन्त्रण गर : नेपाल

'प्रशासन संयन्त्रमा रहेको अराजकतालाई नियन्त्रण गरिएन भने राज्य कमजोर हुन्छ, अहिले डर भन्ने कुरा हराएको छ, गलत काम गरें भने मलाई सजाय हुन्छ भन्ने डर नै छैन,' उनले भने । नेता नेपालले प्रशासन संयन्त्रमा कम बोल्ने, अरूका कुरा धेरै सुन्ने बानी विकास हुन आवश्यक रहेको बताए । 'राज्यबाट विषयवस्तुको अध्ययन, अनुसन्धान, अनुगमन, मूल्यांकन र दण्ड सजायको व्यवस्था हुन आवश्यक छ,' उनले भने । नेपालले सार्वजनिक पदमा रहेका व्यक्तिहरूमा बिनामिहिनेत रातारात धनी हुने प्रवृत्ति हावी भएको बताए ।


कांग्रेस नेता रामशरण महतले जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट समृद्धितर्फ जान सकिने बताए । त्यसका लागि शान्ति सुरक्षा, काम गर्ने वातावरण, प्रविधिको प्रयोग र उद्यमशीलता आवश्यक रहेको उनले जनाए ।


प्रकाशित : फाल्गुन ११, २०७५ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?