२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कमल थापा नेतृत्वको राप्रपाका १४ जनाले पार्टी छाडे

कान्तिपुर संवाददाता

काठमाडौँ — कमल थापा नेतृत्वको राप्रपाका १४ केन्द्रीय नेताले शनिबार पार्टी परित्याग गरेका छन् । राप्रपा संगठन सुदृढीकरणका लागि राष्ट्रिय स्वाभिमान यात्राको तयारीमा जुटिरहेका बेला पूर्वमहामन्त्री जयन्त चन्दसहितका नेताले पार्टी छाडेको घोषणा गरेका हुन् । चन्द राप्रपाकै वरिष्ठ नेता पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् ।

कमल थापा नेतृत्वको राप्रपाका १४ जनाले पार्टी छाडे

पार्टी छाड्ने अन्यमा सहायक महामन्त्री भरत पाठक, कार्यसम्पादन समितिका सदस्यहरू प्रह्लाद साह, भरत गिरी र दिनेश श्रेष्ठ, पूर्वसहायक महामन्त्री गोविन्द खनियाँ, केन्द्रीय सदस्यहरू सानुकाजी हेक्का, चिरागमानसिंह कुँवर, रीता पोखरेल, सुन्दर खडका, गणेशबहादुर विष्ट, गजेन्द्रबहादुर सिंह, बिन्दा गिरी, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईं छन् ।


पार्टीका संस्थापक दुई वरिष्ठ नेता पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपाका दुई घटकबीच एकताबाट बनेको राप्रपा (संयुक्त) प्रति नेता-कार्यकर्तार् आकषिर्त भएका छन् । उनीहरू एकीकृत राप्रपामा प्रवेश गर्ने स्रोतले जनाएको छ । चन्दसहितका नेताले विज्ञप्तिमा आफूहरू लामो समयदेखि एकता प्रक्रियामा संलग्न रहेको उल्लेख गर्दै त्यसको संकेत दिएका छन् ।

प्रकाशित : फाल्गुन ११, २०७५ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?