कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेविसंघको दुई गुटबीच पार्टी कार्यालय सानेपामा भिडन्त, केही विद्यार्थी घाइते [तस्बिरहरु]

काठमाडौँ — नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताबीच झडप भएको छ ।कांग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रिय समितिको बैठकका लागि भेला भएका नेताहरुलाई दबाब दिन जम्मा भएका नेविसंघका दुई गुटबीच ढुंगा हानाहान भएको हो ।

नेविसंघको दुई गुटबीच पार्टी कार्यालय सानेपामा भिडन्त, केही विद्यार्थी घाइते [तस्बिरहरु]

विद्यार्थी नेता कुन्दन काफ्ले नेतृत्वको गुट नेविसंघमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा दबाब दिइरहेको छ भने नेविसंघको पूर्व सभापति नयनसिंह महरको पक्षले उमेर हद राख्न नहुने पक्षमा दबाब दिइरहेको छ ।


आइतबार बिहान ११ बजेका लागि बोलाइएको केन्द्रिय कार्यसमितिको बैठक सुरु हुनु अघि नेताहरु आपसी छलफल गरिरहेका बेला नेविसंघको दुई गुटबीच बाहिर झडप सुरु भएको हो । सुरुमा दई पक्षले एकअर्कालाई पानीको बोत्तलले हानाहान गरेको र पछि ढुंगै हानाहान गरेको प्रहरीले बताएको छ ।


दुई पक्षबीच ढुंगा हानाहान हुन थालेपछि भने प्रहरीले लाठी चार्ज गरी दुवै पक्षका विद्यार्थीहरुलाई तितरवितर बनाएको हो । झडपमा परी एकजना पत्रकारसहित केही विद्यार्थी घाइते भएको बताइएको छ । घाइतेहरु मध्ये जितेन्द्र क्षेत्रीको अवस्था भने गम्भिर रहेको छ ।


प्रकाशित : फाल्गुन १२, २०७५ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?