विप्लव समूहले लियो नख्खु बिस्फोटको जिम्मेवारी, भन्छन्– ‘मानवीय क्षति गर्ने उद्देश्य थिएन, क्षमाप्रार्थी छौं’

दीपेन्द्र विष्ट

काठमाडौँ — नेत्रवित्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले ललितपुरको नख्खु लगायत देशका विभिन्न स्थानमा रहेको एनसेल टावरमाथि गरेको आक्रमणको जिम्मेवारी लिएको छ ।

ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि भएको बम बिस्फोट पछि अनुशन्धान गर्दै प्रहरी र सेना । तस्बिर : कान्तिपुर

शुक्रबार राति नेकपाले ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि लक्षित गरी प्रेस कुकुर बम पड्काउँदा १ जनाको मृत्यु भएको थियो भने, दुई जना घाइते भएकाथिए।

Citizen

चन्द नेतृत्वकोसमूहका एक नेताले कान्तिपुरसँग कुरा गर्दै भने, ‘हामीले पैदलयात्री लक्षित गर्ने गरी प्रेसर कुकुर बम पड्एका होइनौं। तर, मानवीय क्षति भयो, त्यसका लागि क्षमाप्रार्थी छौं। हामीले एनसेलले गर्दै आएको घोटलामाथि चेतावनी दिन बम पड्काएका हौं।’

विप्लव नेतृत्वको नेकपाका नेताले एनसेलका टावरमा भएको आगजनी र कार्यालयमा भएको बम विस्फोट आफूहरुले गरेको फोनमा स्विकार गरेका छन्। उनले आफ्नो पार्टीको सर्वसाधारणलाई लक्षित गरेर बिस्फोट गराउने कुनै लक्ष्य नभएपनि उक्त स्थानमा मानवीय क्षति भएकोमा सिंगो पार्टी पंक्ति नै दुखी रहेको बताए।

यसअघि एनसेलमाथि अर्बौं रुपैयाँ कर छलेको, प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णयहरू पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँ कर्मचारीहरूलाई खरिद गरेको लगायतका आरोप विप्लव समूहले लगाउँदै आएको थियो। त्यसैको चेतावनी दिन बम बिस्फोट गराइएको ती नेताको दाबी थियो।

यो पनि पढ्नुहोस्ः
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दुई महिनामै ८० आवेदकको राहदानी फारम फिर्ता

जितेन्द्र साह

विराटनगर — राहदानी विभागले जिल्ला प्रशासन कार्यालय मोरङलाई पुस र माघमा गरी ८० आवेदकको राहदानी फारम फिर्ता पठाएको छ । फारम नमिलेको भन्दै विभागले सेवाग्राहीलाई मोबाइल एसएमएस पठाइ सम्बद्ध जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमा राहदानी फारम बुझाउन र राहदानी लिन आएका सेवाग्राहीहरु । तस्बिरः जितेन्द्र साह/कान्तिपुर

अधिकांशमा तोकेको मापदण्ड अनुरूप फोटो र फारमको आकार नमिलेको एवं विवरणको स्पेलिंगमा गल्ती भएकोले विभागले फर्काएको उक्त कार्यालयको राहदानी फाँटका प्रमुख कमलेश कोइरालाले बताए। उनका अनुसार सम्पर्कमा आइरहेकालाई पहिलेकै दस्तुरमा पुनः फाराम भर्न लगाइएको छ।

'दुई महिनाभित्रै यति धेरै फारम फिर्ता भएको यो अहिलेसम्मकै सबैभन्दा बढी हो,'उनले भने। कोइरालाको अनुसार विभिन्न कारणले वार्षिक १ सय २० देखि १ सय ५० जना आवेदकको फाराम फिर्ता आएको पाएका छौँ। विभागले दुई महिनामा फर्काएको राहदानी फारम मध्ये आदिभन्दा बढी मोरङको रंगेली नगरपालिकाबाट आएको फाँटका खरदार जमुना सिग्देलले बताइन्।

सेवाग्राहीले आफूले नागरिकता बनाएको थलोमा रुजु गराएपछि राहदानी विभागको अनलाइनमा राखिएको फारम भरेपछि दस्तुर तिरी जिल्ला प्रशासन कार्यालयमा बुझाउँछन्।

इलाका र जिल्ला प्रशासन कार्यालय वरिपरिको फोटो स्टुडियो, फोटोकपी सेन्टर एवं स्टेसनरीमा सेवाग्राहीले पैसा खर्चेर राहदानी फारम भराउँछन्। सेवाग्राहीहरुले यसका लागि न्यूनतम दुई सयदेखि ५ सय रुपैयाँसम्म बुझाउँछन्। 'सबैका घरमा कम्प्युटर र प्रिन्टर हुँदैन,'सिग्देलले भनिन्,'अदक्ष व्यक्तिले अनलाइन फारम भर्दा एवं तस्बिर खिच्दा त्रुटि भएर सेवाग्राहीले दुःख पाउँछन्।'

मोरङका सहायक प्रमुख जिल्ला अधिकारीले उमेश पाण्डेले इलाका प्रशासन कार्यालय रंगेलीका प्रशासकीय अधिकृत जयप्रकाश बस्नेतको तत्कालै ध्यानाकर्षण गराएका छन्। सेवाग्राहीले दुःख पाइरहेको हुनाले मापदण्ड नपुरयाइ फारम भरेर पठाउने पसलेहरूलाई बोलाएर सम्झाइरहेको उनले भनेका छन्।

'मेरोमा रुजु गर्न आउनेलाई विराटनगरमा कुशल प्राविधिककोमा सम्पर्क गरी अनलाइन फारम भर्नलाई बारम्बार भन्छु,' बस्नेतले भने,'मान्दैनन्, सजिलो हुन्छ भनेर जथाभावी फारम भराएर दुःख पाउँछन्।' इलाका प्रशासन कार्यालय छेउछेउमा राहदानीको अनलाइन फारम भर्ने दुई वटै पसलका सञ्चालकलाई बोलाएर मापदण्ड अनुरूप काम गर्न निर्देशन दिइसकेको उनले बताए।

जिल्ला प्रशासन कार्यालयमा फारम सहित ५ हजार रुपैयाँ दस्तुर बुझाएपछि सेवाग्राहीले ३५ दिनभित्रमा राहदानी पाउँछन्। विभागमा भने १५ हजार रुपैयाँ दस्तुर बुझाएमा एकै दिनमा समेत पाइन्छ।

जिल्ला प्रशासन कार्यालय मोरङमा दैनिक औसत ४० जनाले यहीबाट राहदानी पाउने गरी र २० जनाले काठमाडौँबाट निकाल्ने गरी द्रुत सिफारिस लिने गरेको फाँटका अधिकृत कोइरालाले बताए।

प्रकाशित : फाल्गुन १२, २०७५ १४:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT