कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

विप्लव समूहले लियो नख्खु बिस्फोटको जिम्मेवारी, भन्छन्– ‘मानवीय क्षति गर्ने उद्देश्य थिएन, क्षमाप्रार्थी छौं’

दीपेन्द्र विष्ट

काठमाडौँ — नेत्रवित्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले ललितपुरको नख्खु लगायत देशका विभिन्न स्थानमा रहेको एनसेल टावरमाथि गरेको आक्रमणको जिम्मेवारी लिएको छ ।

विप्लव समूहले लियो नख्खु बिस्फोटको जिम्मेवारी, भन्छन्– ‘मानवीय क्षति गर्ने उद्देश्य थिएन, क्षमाप्रार्थी छौं’

शुक्रबार राति नेकपाले ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि लक्षित गरी प्रेस कुकुर बम पड्काउँदा १ जनाको मृत्यु भएको थियो भने, दुई जना घाइते भएका थिए ।

चन्द नेतृत्वको समूहका एक नेताले कान्तिपुरसँग कुरा गर्दै भने, ‘हामीले पैदलयात्री लक्षित गर्ने गरी प्रेसर कुकुर बम पड्एका होइनौं । तर, मानवीय क्षति भयो, त्यसका लागि क्षमाप्रार्थी छौं । हामीले एनसेलले गर्दै आएको घोटलामाथि चेतावनी दिन बम पड्काएका हौं ।’

विप्लव नेतृत्वको नेकपाका नेताले एनसेलका टावरमा भएको आगजनी र कार्यालयमा भएको बम विस्फोट आफूहरुले गरेको फोनमा स्विकार गरेका छन् । उनले आफ्नो पार्टीको सर्वसाधारणलाई लक्षित गरेर बिस्फोट गराउने कुनै लक्ष्य नभएपनि उक्त स्थानमा मानवीय क्षति भएकोमा सिंगो पार्टी पंक्ति नै दुखी रहेको बताए ।

यसअघि एनसेलमाथि अर्बौं रुपैयाँ कर छलेको, प्राप्त आम्दानी नेपालमा नै लगानी नगरी विदेश लगेको, अदालतले गरेका निर्णयहरू पालना नगरेको, राज्यको स्वामित्वमा रहेको नेपाल दूरसञ्चारका सेवाहरूलाई निष्प्रभावी बनाउन त्यहाँ कर्मचारीहरूलाई खरिद गरेको लगायतका आरोप विप्लव समूहले लगाउँदै आएको थियो । त्यसैको चेतावनी दिन बम बिस्फोट गराइएको ती नेताको दाबी थियो ।

यो पनि पढ्नुहोस्ः

एनसेल गेटमा बम विस्फोट : घाइते मध्ये एककाे मृत्यु, दुईजनाकाे उपचार हुँदै

प्रकाशित : फाल्गुन १२, २०७५ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?