विप्लवका अंगरक्षक पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — ललितपुरको नख्खुस्थित एनसेल गेटमा बम हानेको आरोपमा नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'का अंगरक्षक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरीको विशेष ब्यूरोको संयुक्त टोलीले विप्लवका अंगरक्षक सूर्य भूजेललाई कलंकीबाट पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार भुजेल विप्लवका अंगरक्षक हुन् । 

विप्लवका अंगरक्षक पक्राउ

यही फागुन १० गते राति नख्खुस्थित एनसेल कार्यालय लक्षित गरी बम बिस्फोट गराइएको थियो । विस्फोटमा तीन जना घाइते भएका थिए । जसमध्ये लमजुड घर भई ललितपुरको भैसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।


सोही राति काठमाडौंको कमलपोखरीमा रहेको एक मिठाइ पसल अगाडि बम राख्ने मुख्य योजनाकारसमेत उनै भुजेल रहेको प्रहरी स्रोतले बतायो ।


प्रकाशित : फाल्गुन १४, २०७५ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?