कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पठाओको सेवा नरोक : सर्वोच्च

कान्तिपुर संवाददाता

काठमाडौँ — मोटरसाइकलमा अन्य व्यक्तिलाई ओसार्ने कामबाट मुलुकको कानुन उल्लंघन भएको दाबीसहित परेको रिटमा सर्वोच्च अदालतले मंगलबार सेवा रोक्न अन्तरिम आदेश दिन नमिल्ने निर्णय सुनाएको छ । न्यायाधीशद्वय केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले रिटमा सुनुवाइ गर्दै पठाओको सेवा रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।

पठाओको सेवा नरोक : सर्वोच्च

नेपालको कानुन उल्लंघन गरेको, कर नतिरेको एवं विदेशी लगानीको उद्देश्यमा दर्ता भएको पठाओ नेपाल प्रालिले अनुमतिभन्दा बाहिरको काम गरेको भन्दै अधिवक्ता श्यामकुमार श्रेष्ठलगायतले माघ पहिलो साता रिट दर्ता गरेका थिए । यसमा गृह मन्त्रालय, उद्योग मन्त्रालयले समेत झारा टार्ने काम गरेकाले उनीहरूलाई समेत कम्पनीको इजाजत रद्द गर्ने आदेश जारी गर्नुपर्ने माग रिटमा गरिएको थियो । 'रिटमाथि अन्तिम निर्णय हुँदा नै निक्र्योल हुने विषय भएकाले अहिले नै सेवा रोक्न आदेश दिन मिल्दैन,' निर्णयमा भनिएको छ ।


प्रकाशित : फाल्गुन १४, २०७५ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?