मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा हुने

रासस

पोखरा — हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनकाे गृह जिल्ला कास्कीमा हुनेभएको छ । 

कास्की क्षेत्र नं २ बाट संघीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए।

मन्त्री अधिकारी पोखरा-३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका थिए।

स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ। त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम छ।

गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौँ खुलामञ्चमा सम्मानका लागि लगिनेछ। सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यलेबिहीबारबेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने जानकारी दिए।

प्रकाशित : फाल्गुन १६, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मेची–महाकाली यात्रा

कान्तिपुर संवाददाता

ताप्लेजुङ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माओवादी आन्दोलन फेरि उठ्ने आशंका व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी ओलीलाई बुझाएको २२ बुँदे ज्ञापन पत्र कार्यान्वयनमा दबाब दिने उद्देश्यले सुरु भएको मेची–महाकाली यात्रा शुभारम्भ गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट मेची–महाकाली यात्रा सुरु गर्दै राप्रपा ।तस्बिर : आनन्द गौतम/कान्तिपुर

आफ्नो पार्टीका केन्द्रीय नेतालाई लिएर आएका अध्यक्ष थापाले मुलुकलाई विखण्डनबाट जोगाउन सम्भावित द्वन्द्वबाट मुक्त गराउन र समृद्ध मुलुक बनाउन फरक ढंगले लाग्नुपर्नेमा जोड दिए । सरकारले आफूहरूको मागलाई बेवास्ता गरे चैतदेखि संघर्ष गर्ने थापाको चेतावनी छ । उनले यो यात्रा कुनै जाति,भाषाभाषी वा पार्टीको विरुद्धमा नभएको बताए ।

अब नेपाली परिवेश सुहाउँदो नेपाली राजनीतिको मध्यमार्गी बाटो अवलम्बन गर्नुपर्ने उनको जोड छ । गाई, स्वयम्भूको प्रतीक समेत गाडीमा लिएर आएका थापाले नेपालको नक्सामा पूजा गरेर यात्रा सुरु भएको घोषणा गरेका थिए ।

घुमीफिरी रुम्जाटार भनेजस्तो फेरि माओवादी द्वन्द्व सुरु हुन लागेको उनले दाबी गरे । केही दिनअघि एनसेलको टावरमा भएको आक्रमण यस्सको संकेत भएको उनको बुझाइ छ । देश टुक्र्याउने विरुद्ध प्रशासन मौन रहेको उनले आरोप लगाए ।

‘राजनीतिक दलको अदूरदर्शिता अकर्मण्यताका कारण पहिलोपटक राष्ट्र विखण्डनको आवाज उठेको छ,’ थापाले थपे, ‘म प्रधानमन्त्रीलाई प्रश्न गर्छु, तपाईंले हिजोको दिनमा कहिल्यै नझुक्ने दृढता व्यक्त गर्नुभयो, त्यही भएर जनताले दुई तिहाइ बहुमत दिए । तर कुन शक्तिको दबाब र प्रभावले गर्दा केपी ओली निरीह र लाचार बन्नुभएको छ ?’

तराईलाइ स्वतन्त्र भन्दा सरकारको प्रशासन यन्त्र किन मौन बस्यो भन्दै उनले प्रश्न गरे । इतिहासमा विभिन्न राजनीतिक परिवर्तन भएर व्यवस्था फेरिए पनि देश टुक्र्याउने आभाष कहिल्यै नभएको उनले दाबी गरे ।

राष्ट्र विखण्डन, माओवादीको पुनरावृद्धि धार्मिक आक्रमणका कारण मुलुकमा समस्या पैदा भएको राप्रपाको बुझाइ छ । जनताका झुपडीमा बसेर परिवर्तनका नाममा मकै भटमास खाएका नेताहरू रातारात करोड/अरबपति भएको भन्दै थापाले २०४७ सालपछिको सम्पत्ति छानबिन गर्न आफ्नो पार्टीले माग गरेको बताए । त्यसअघिका नेता तथा प्रशासन यन्क्रका व्यत्तिहरू दिवंगत भइसकेका र बाँकी रहेकाहरू पनि राजनीतिक रूपमा दोहोरिएकाले ४७ सालपछिको मात्रै कुरा उठाइएको सांसद राजेन्द्र लिङदेनले प्रस्टीकरण दिए ।

नेताहरू औषधोपचारकालागि सिंगापुर, जापान अमेरिकाजाने तर जनता भने सिटामोलखान नपाएर र सुत्केरी महिलाले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने क्रमको अन्त्य हुनुपर्नेमा थापाको जोड थियो ।

प्रकाशित : फाल्गुन १६, २०७५ १०:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT