१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

निर्मला पन्तको घर पुगेका देउवाले भने–'ढिलो चाँडो अपराधी पत्ता लाग्छ'  

भवानी भट्ट

कञ्चनपुर — पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई भेटेका छन् । शुक्रबार भीमदत्त नगरपालिका-२ उल्टाखामस्थित घरमा निर्मलाकी आमालाई भेटेर हत्यारा पत्ता लगाउन सक्दो पहल गर्ने आश्वासन दिएका हुन् । 

निर्मला पन्तको घर पुगेका देउवाले भने–'ढिलो चाँडो अपराधी पत्ता लाग्छ'  

'ढिलो चाँडो हत्यारा पत्ता लाग्छ, कांग्रेसले पहल गरिरहेको छ,' निर्मलाकी आमा दुर्गादेवी पन्तसँगको भेटमा देउवाले भने, 'बलात्कारपछि हत्या जस्तो जघन्य अपराधका दोषीलाई छाड्ने कुरै हुँदैन ।' उनले हत्यारा पत्ता लाग्ने कुरामा ढुक्क हुन आग्रह गरे ।


दुर्गादेवीले घटना भएको ७ महिना पूरा हुँदा पनि हत्यारा पत्ता नलागेकाले सहयोग गर्न आग्रह गरेकी थिइन् । 'अहिलेसम्म सबैको सहयोगले यहाँसम्म पुगेको छ, अहिले यो घटना सेलाएजस्तो भयो, फेरि पनि यस्तै सहयोगको आशा छ' उनले भनिन्, 'धर्ना बसेर वा आन्दोलन गरेर मात्रै पनि अपराधी पत्ता लाग्ने देखिदंैन ।'


उनले लगातारको धर्नाले बिरामी भएका श्रीमान् यज्ञराज र निर्मलाकी कान्छी आमा लक्ष्मी उपचारका लागि काठमाडौं गएकाले त्यसमा पनि आवश्यक सहयोग गरिदिन आग्रह गरिन् ।


निर्मलाको न्यायका लागि आन्दोलनरत नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले देउवालाई हत्यारा पत्ता लगाउन माग गर्दै ज्ञापन पत्र बुझाएकी थिइन् । परिवारलाई भेट्न कांग्रेस केन्द्रीय सदस्य एनपी सावद लगायत नेता कार्यकर्ताहरु समेत पुगेका थिए ।

प्रकाशित : फाल्गुन १७, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?