रवीन्द्रको क्षेत्रमा उठ्दिँन, कुप्रचार नगरियोस् : वामदेव 

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारूढ नेकपाका नेता वामदेव गौतमले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उपचुनाव हुँदा आफू उम्मेदवार नहुने बताएका छन् । उनले शनिबार विज्ञप्ति जारी गरी स्वर्गीय अधिकारीको निर्वाचन क्षेत्र कास्की-२ मा आफू उम्मेदवार हुन लागेको भनेर दुष्प्रचार सुरु गरिएकामा आपत्ति जनाउँदै खण्डन गरेका हुन् ।

रवीन्द्रको क्षेत्रमा उठ्दिँन, कुप्रचार नगरियोस् : वामदेव 

उनले पार्टीले आफूलाई उम्मेदवार बनाउने निर्णय गरेको खण्डमा पनि त्यसलाई स्वीकार नगर्ने उल्लेख गरेका छन् । 'श्रद्धाञ्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचारमात्र हो' उनले विज्ञप्तिमा भनेका छन् ।


उनले मृत्युको शोकबाट आफूले व्यक्तिगत लाभ लिने काम कहिल्यै नगरेको र अब पनि नगर्ने उल्लेख गरेका छन् । गौतमले रवीन्द्रको खाली भएको निर्वाचन क्षेत्रमा उनकै परिवारबाट उम्मेदवार बनाउनुपर्ने धारणा अघि सारेका छन् ।


'मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन । जीवनभर दिने पनि छैन' गौतमले विज्ञप्तिमा भनेका छन्, 'मेरो इच्छाविपरीत पार्टीले निर्णय गरे छ भनेपनि म रवीन्द्रको दुःखद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन । मेरो सम्पूर्ण प्रयत्न स्वर्गीय रवीन्द्रको परिवारका सदस्यलाई नै उम्मेदवार बनाउन लगाउने छु ।'

प्रकाशित : फाल्गुन १८, २०७५ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?