रहेनन् भरतमोहन अधिकारी

अधिकारीकाे शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा भोलि बिहान ९ देखि १२ बजेसम्म राखिने
कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ । ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखिएका अधिकारीको शनिबार राति निधन भएको चिकित्सकले घोषणा गरेका हुन् । अस्पतालका निर्देशक डा. भाष्करराज पन्तका अनुसार अधिकारीको ९:३५ मा निधन भएको हो ।

रहेनन् भरतमोहन अधिकारी

'करेन्ट निमोनिया' कारण ८३ वर्षीय अधिकारीलाई दुई सातादेखि अस्पतालमा राखिएको थियो । अधिकारीका स्वकीय सचिव महेश विष्टले शुक्रबार नै नेता अधिकारी अचेत अवस्थामा पुगेको जानकारी गराएका थिए ।


नेकपा नेता कृष्णगोपाल श्रेष्ठले नेता अधिकारीकाे शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा भोलि बिहान ९ देखि १२ बजेसम्म राखिने जानकारी गराएका छन् । पूर्वअर्थमन्त्रीसमेत रहेका अधिकारीदर् अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका थिए । अधिकारीका तीन छोरी छन् ।


२००८ सालदेखि राजनीतिमा संलग्न अधिकारीले ४ वर्ष भूमिगत, ३ वर्ष निर्वासन र ३ वर्ष बन्दी जीवन बिताएका थिए ।

नेपालमा कम्युनिष्ट पार्टीको पहिलो निर्वाचित सरकार २०५१ मा अधिकारी अर्थमन्त्री बनेका थिए । मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनले दुई पटक बजेट ल्याए । २०५१ पुस ११ पहिलो बजेट ल्याउँदै 'आफ्नो गाउँ आफैं बनाऔँ' भन्ने कार्यक्रम ल्याए । २०५२ असार असार २७ गते अर्को बजेट ल्याए । उक्त बजेटमा जेष्ठ नागरिकलाई भत्ता कार्यक्रम ल्याए । स्थानीय निकायलाई सोझै अनुदानको व्यवस्था उनको पालामा भएको हो ।


२०५६ ,२०६१ मा पनि अधिकारी अर्थमन्त्री भए । २०६७ सालमा उनी उपप्रधान तथा अर्थमन्त्री बने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री २०५३ मा पनि भए ।


१९९३ साल वैशाख २२ गते जन्मिएका अधिकारी २०६४ सालअघि मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट उनी दुई पटक निर्वाचित भएका थिए ।


नेकपा नेता श्रेष्ठद्वारा सामाजिक सञ्जालबाट दिइएको जानकारी

प्रकाशित : फाल्गुन १८, २०७५ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?