३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

इमानदार नेताको अभाव : पूर्वराष्ट्रपति

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिले इमानदार नेता नभएकाले मुलुक समृद्धिको दिशामा अघि बढ्न नसकेको बताएका छन् । राजधानीको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३९ औं वाषिर्कोत्सव कार्यक्रममा शनिबार बोल्दै यादवले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीजस्ता नेताहरू कोही भए देखाइदिन आग्रह गरे ।

इमानदार नेताको अभाव : पूर्वराष्ट्रपति

पार्टीहरूले ठेकेदारलाई चुनाव लडाउने र समानुपातिक सिटमा पैसा लिएर सांसद बनाउने काम गरेकाले इमानदार राजनीति गर्नेहरूको अभाव हुन थालेको उनले बताए । इमानदार नेताले चुनाव लड्न नसक्ने चिन्ताजनक स्थिति

बनेको उनको धारणा थियो ।


उनले राजनीति ठीक दिशामा नभएकाले शैक्षिक क्षेत्रको उचित विकास हुन नसकेको बताए । यादवले विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक रहेको बताए । 'विश्वका धेरै मुलुक शिक्षाका कारण विकसित भएका छन्, नेपालको शिक्षालाई पनि विश्वमै प्रतिस्पर्धी बनाउनु आवश्यक छ,' उनले भने । उनले शिक्षकले विद्यार्थीलाई रोबोट बनाएका छन् कि मान्छे भनी प्रश्न उठ्न थालेको बताए ।


प्रकाशित : फाल्गुन १८, २०७५ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?