कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

फेवातालमा खसेका प्याराग्लाइडरकाे मृत्यु

लालप्रसाद शर्मा

पोखरा — पाेखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका रोमानियाका नागरिक ४० वर्षीय इवे चिजरको उपचारका क्रममा मृत्यु भएकाे हाे ।

फेवातालमा खसेका प्याराग्लाइडरकाे मृत्यु

सराङकोटबाट सोलो उडान गरेका उनी आइतबार बिहान ११ बजेर २० मिनेटमा फेवातालमा खसेका थिए । प्याराग्लाइडिङ अवतरण गर्ने बेलामा हावाको सन्तुलन मिलाउन नसकेपछि उनी तालमा खसेका थिए ।


तत्कालै उनलाई उद्धार गरी मेट्रेसिटी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा दिउँसाे १२ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रकाशित : फाल्गुन १९, २०७५ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?