१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको छ : देउवा 

लिला श्रेष्ठ

भक्तपुर — पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ओली सरकारले प्रेस स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको आरोप लगाएका छन् । 

सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको छ : देउवा 

सोमबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको प्रजातन्त्रका सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृत सभामा बोल्दै सभापति देउवाले वर्तमान सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको आरोप लगाएका हुन् ।


कार्यक्रममा सभापति देउवाले सरकारले फेसबुक, ट्विटर, युट्युब र अनलाईनलाई व्यस्थित गर्ने नाममा साइबर क्राईमको आरोप लगाएर प्रेस स्वतन्त्रता हनन् गर्न लागि परेको उनले बताए । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप भए कांग्रेसले प्रतिवाद गर्ने उनको भनाई छ ।


प्रजातन्त्र स्थापनाका लागि लिलाबहादुर पण्डितको योगदानको चर्चा गर्दै सभापति देउवाले पण्डितले देखाएको बाटो पहिल्याउने उनले बताए ।


प्रकाशित : फाल्गुन २०, २०७५ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?