कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

राष्ट्रपति अमेरिका जाने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघीय कार्यक्रममा भाग लिन यही फागुन २६ गते अमेरिका जाने भएकी छन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था 'कमिसन अन दि स्ट्याटस अफ वुमन' ले गर्न लागेको 'वुमन इन पावर' कार्यक्रममा राष्ट्रपति सहभागी हुन लागेकी हुन् । 

राष्ट्रपति अमेरिका जाने

राष्ट्रपतिका साथ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा पनि जाने कार्यक्रम तय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । पाँचदिने भ्रमणका क्रममा राष्ट्रपतिले फागुन २८ गते 'कसरी महिला नेतृत्वले संसार बदल्न सक्छन्' भन्ने विषयमा राष्ट्रसंघमा मन्तव्यसमेत दिने कार्यक्रम छ ।


प्रकाशित : फाल्गुन २१, २०७५ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?