१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रधानमन्त्री ओली अस्पताल भर्ना

अतुल मिश्र

काठमाडौँ — स्वास्थ्यमा गडबड भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बुधबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भई स्वास्थ्य परीक्षण गराएर राति डिस्चार्ज भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनलाई बिहान १० बजे स्वास्थ्य जाँचका लागि सेन्टरमा लगिएको थियो । 

प्रधानमन्त्री ओली अस्पताल भर्ना

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठका अनुसार मुटुको नियमित परीक्षण गर्न सेन्टर गएका प्रधानमन्त्री ओलीलाई थप केही परीक्षण गर्न अब्जरभेसन (अवलोकन) मा राखिएको थियो । स्रोतका अनुसार उनको एन्जियोग्राफी गर्ने तयारी गरिएको थियो ।


उनको क्रिएटिनिनको स्तर २ मिलिग्राम फ्रतिडेसिलिटर देखिएको थियो । सामान्य व्यक्तिमा सामान्य अवस्थामा त्रिएटिनिनको स्तर १.४ देखि तल रहने गरेको बायोकेमिस्टहरू बताउँछन् । ‘एन्जियोग्राफी गर्नुपरेन, अन्य जाँचसमेत सामान्य देखिएपछि डिस्चार्ज गरिएको हो,’ प्रधानमन्त्रीको उपचार, परीक्षणका संयोजक प्रा.डा. अरुण सायमिले बुधबार राति कान्तिपुरलाई भने ।


प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहका अनुसार एक वर्षअघि पनि प्रधानमन्त्रीको सम्पूर्ण शरीर परीक्षण गरिएको थियो । ‘बैंकक गएर चेकअप गरेको एक वर्षभन्दा बढी भइसकेको छ, त्यसैले एक पटक चेक गर्नैपर्छ । अहिले उहाँलाई अलि स्ट्रेस पनि छ । हामी सबै कुरा ठीक छ भन्ने निश्चित हुन चाहन्छौं,’ उनले भनिन्, ‘उहाँलाई धेरै समस्या छँदै छ, प्रत्यारोपण आफैंमा जोखिमको कारक हो ।’ प्रधानमन्त्री ओलीको ११ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो ।


गत कात्तिक १२ गते प्रधानमन्त्री ओलीलाई सास फेर्न असजिलो भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । प्रधानमन्क्रीको छातीमा संत्रमण देखिएको तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएकाले सेन्टरमा उपचार गरेर पाँच दिनपछि डिस्चार्ज गरिएको थियो ।


केही चिकित्सकका अनुसार पाँच वर्षअघि प्रधानमन्त्री ओलीको हातमा भएको फरक प्रकारको संक्रमण पूर्ण रूपमा निको भएपछि कुनै ठूलो स्वास्थ्य समस्या देखिएको थिएन । बेलाबेला रुघाखोकी लाग्नेलगायत सामान्य स्वास्थ्य समस्या र ‘ग्यास्ट्रोइन्टराइटिस (ब्याक्टेरिया वा भाइरसले पेट र आन्द्रा सुन्निँदा पखाला, बान्ता आदि हुने) बाहेक अन्य ठूलो समस्या देखिएको थिएन ।


प्रधानमन्त्री पदको शपथ लिनुभन्दा केही दिनअघि मात्र उनले बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेसनल हस्पिटलमा नियमित स्वास्थ्य परीक्षण गराएका थिए ।


यो पनि : पाँच दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री निवास फर्के

प्रकाशित : फाल्गुन २२, २०७५ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?