कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

टीकापुर घटनाका दोषी रेशम चौधरीसहित ११ जनालाई २० वर्ष कैद

अर्जुन शाह

काठमाडौँ — जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्या घटनाको फैसला गरेको छ । फैसलाअनुसार रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैद तोकेको छ ।

टीकापुर घटनाका दोषी रेशम चौधरीसहित ११ जनालाई २० वर्ष कैद

जन्मकैद तोकिएकाहरुमा

  • हरिनारायण चौधरी
  • राजकुमार कठरिया
  • सुन्दरलाल कठरिया
  • वृज मोहन डगौरा
  • राजेश चौधरी
  • विरबहादुर चौधरी
  • प्रदीप चौधरी
  • सिताराम चौधरी
  • श्रवण चैधरी
  • गंगाराम डगौरा चौधरी
  • रेशमलाल चौधरी


उनीहरुलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३, ३ अनुसार जन्म कैद हुने फैसला गरिएको अदालतको फैसलामा उल्लेख छ । श्रवण चौधरी नाबालक भएकाले बालबालिका ऐनअनुरुप उनलाई १० वर्ष मात्रै कैद हुने फैसला सुनाइएको हो ।

३ वर्ष कैद सजाय पाएकाहरु

  • लक्ष्मण थारु
  • लाहुराम चौधरी
  • राजकुमार कठरिया
  • सन्तराम चौधरी
  • जीतबहादुर डगौरा
  • प्रेमबहादुर चौधरी
  • किसनलाल चौधरी
  • दिलबहादुर चौधरी
  • सन्तोष थारु चौधरी
  • विश्राम चौधरी
  • रामप्रसाद चौधरी
  • चुन्नराम चौधरी


उनीहरु बुधबार नै रिहा भएका छन् । उनीहरुलाई तोकिएको कैद जरिवाना यसअघि नै पुगिसकेकाले कारागारको कागजी प्रकृयापछि बुधबार अपरान्ह रिहा हुने जनाइएको छ । चुन्नीराम चौधरी यही फागुन ३० गते छुट्ने छन् ।

६ महिना कैद सजाय

  • करन चौधरी

नाबालक रहेका उनलेसमेत कैद भूक्तान गरिसकेकाले बुधबार नै रिहा हुनेछन् । तीन जनाले सफाइ पाएका छन् ।

सफाई पाउनेहरुमा

  • तहाँवर अलि जागा
  • विषराम चौधरी (कुष्मी)
  • रामनरेश चौधरी


५८ जनाविरुद्ध मुद्दा भए पनि फरार सूचीमा रहेका ३१ जनाको मुद्दा भने मुल्तवीमा राखिएको जिल्ला अदालतले जनाएको छ । दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएको थियो ।


यो पनि :


कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते प्रहरीका एसएसपी र एक नाबालकसहित ९ जनाको हत्या भएको थियो । घटनामा मुख्य योजनाकार भएको आरोप लागेका रेशम चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । प्रतिवादीहरुका तर्फबाट विभिन्न प्रतिवादीहरुका लागि अधिवक्ताहरुले बेग्लाबेग्लै बहस गरेका छन् । काठमाण्डौंबाट आएका वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्वन्यायधिवक्ता हरि फुयाल र अधिवक्ता दीनमणि पोख्रेलले रेशम चौधरीका लागि मात्रै बहस गरेका छन् । यस्तै दीनमणि पोखरेलले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमा समेत बहस गरेका हुन् ।

कैलालीका अधिवक्ताहरु गंगाराम पाध्याय, गजेन्द्र केसी, गम्भीरसिंह ऐर, वीरबहादुर जेठारा, नाथुराम महता र जुहारीलाल चौधरीले रेशमसहित सबै २७ जना प्रतिवादीको पक्षमा बहस गरेको अधिवक्ता गंगाराम उपाध्यायले बताए । वादीहरुको पक्षमा भने जिल्ला न्यायधिवक्ता विष्णुप्रसाद पौडेलले बहस गरेका हुन् ।


फैसलाको पूर्णपाठ

यो पनि :

प्रकाशित : फाल्गुन २२, २०७५ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?