१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

टीकापुरमा कडा सुरक्षा

कान्तिपुर संवाददाता

टीकापुर — जिल्ला अदालत कैलालीले टीकापुर घटनासम्बन्धी मुद्दामा फैसला सुनाएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । टीकापुरमा प्रहरी परिचालन सशक्त बनाइएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले टीकापुर घटनाको फैसलालाई लिएर अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको संख्या बढाइएको बताए । उनका अनुसार टीकापुरको सुरक्षा स्थिति कमजोर नहोस् भनेर सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।


‘फैसला पूर्वाग्रही’

टीकापुर घटनाका मुख्य आरोपी मानिएका रेशमलाल चौधरीका बुबा लालवीरले जिल्ला अदालत कैलालीले गरेको फैसला पूर्वाग्रही रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘न्यायिकभन्दा पनि नेताहरूको पूर्वाग्रहजस्तो फैसला आयो ।’


थरुहट थारूवान संघर्ष समिति र थारू कल्याणकारिणी सभा कैलालीले विज्ञप्ति जारी गरी सामाजिक सद्भाव कायम राख्नका लागि टीकापुर घटनालाई राजनीतिक मुद्दाका रूपमा लिन र दोषी ठहर गरिएका सबैलाई निःसर्त थुनामुक्त गर्ने वातावरण मिलाउन राज्यसँग अनुरोध गरेको छ ।


यो पनि पढ्नुहोस्ः

टीकापुर घटनाका दोषी रेशम चौधरीसहित ११ जनालाई २० वर्ष कैद

यसरी भएको थियो टीकापुर घटना

प्रकाशित : फाल्गुन २२, २०७५ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?