सिके राउतमा दाहालकाे जस्तै निर्णय क्षमता देखें– प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधामनन्त्री केपी ओलीले सिके राउतको प्रशंसा गरेका छन् । राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच शुक्रबार भएको राजनीतिक सहमति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राउतमा असाधारण निर्णय क्षमता देखेकाे भन्दै प्रशंसा गरेका हुन् । उनले राउतलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालस‌ँग तुलना गरेका छन् ।

सिके राउतमा दाहालकाे जस्तै निर्णय क्षमता देखें– प्रधानमन्त्री

उनले स‌ंसद्‌मा सहभागी भएदेखि पार्टी एकतासम्म पुग्दा दाहालले यस्तै निर्णय क्षमता देखाएकाे बताए ।

'राउतमा असाधारण निर्णय क्षमता देखेँ । त्यस्तो निर्णय क्षमता पुष्पकमल दाहालमा मात्रै देखेको थिएँ,' प्रधानमन्त्री ओलीले भने, 'संसद्, सरकार, चुनावमा सहभागिता, पार्टी एकता गर्ने कुरामा जोसुकैले यस्तो गर्न सक्दैन, त्याे निर्णय क्षमताले हुन्छ । मैले सिके राउतजीमा पनि यस्तो छाँटकाँट देखेँ ।'

पृथकतावादी आन्दोलन त्यागेर राष्ट्रिय एकताको बाटोमा प्रवेशको घोषणा गर्दै सबैलाई सहयोगका लागि आग्रह गर्नेसम्मको राउतको निर्णय साधारण नभएको उनको भनाइ थियो ।


प्रधानमन्त्री ओलीले तराईमा सिके राउतलाई देखाएर स्वार्थको रोटी सेक्ने दिन पनि अब सकिने बताए । देश विखण्डन गर्ने कुरामा कसैसँग पनि सहमति हुन नसक्ने भन्दै उनले देश टुक्र्याउने कुरा आजबाट समाप्त भएको बताए ।

राजपा सांसद रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको प्रसंगमा ओलीले सरकारले अदालतलाई निर्देशन दिन नसक्ने बताए ।

प्रकाशित : फाल्गुन २४, २०७५ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?