कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुदूरपश्चिम प्रदेश सांसद मल्ल अपहरित 

अपहरण नेकपा (विप्लव समूह)ले गरेको आशंका
बसन्तप्रताप सिंह

बझाङ — सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल अपहरणमा परेकी छन् । शुक्रबार बिहान १० बजेतिर बझाङको केदारस्युँ गाउँपालिका सैन्सुबाट प्रदेश सांसद मल्ल अपहरण परेकी हुन् ।

सुदूरपश्चिम प्रदेश सांसद मल्ल अपहरित 

नारी दिवसको अवसरमा बुङ्गल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा सांसद् मल्ल अपहरणमा परेकी हुन् । अपहरण नेकपा (विप्लव समूह)ले गरेको आशंका गरिएको छ ।


बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले सांसद मल्ल अपहरणमा परेको जानकारी आएको र बुझ्ने काम भइरहेको बताए ।


सुदूरपश्चिम प्रदेश प्रहरीको उच्च स्रोतका अनुसार सांसद मल्ल अपहरणमा परेको जानकारी पाउनासाथ प्रहरी टोली परिचालन गरिएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७५ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?