१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

प्रधानमन्त्रीले नेत्रविक्रमलाई भने- 'पार्टीको नाम लुटेरा समूह राख्नुस्'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द नेकपा (विप्लव समूह)लाई नाम फेरेर 'लुटेरा समूह' राख्न सल्लाह दिएका छन्। शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै उनले कम्युनिष्टको बर्को ओडेर जनतामा लुट नगर्न चेतावनी दिए । 

प्रधानमन्त्रीले नेत्रविक्रमलाई भने- 'पार्टीको नाम लुटेरा समूह राख्नुस्'

विप्लव समूहको पर्चा पनि आफूले हेरिरहेको उनले बताए । ‘चन्दाका नाउँमा मान्छे लुटेर हिँड्ने, मान्छेको हत्या गरेर हिँड्ने, विस्फोट गराएर हिँड्ने अनि कम्युनिस्ट पार्टीको नाम लिने ?’ प्रधानमन्त्री ओलीले भने, ‘कमसेकम कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर । लुटेर समूह भन्ने नाम राख । अरु पनि छन् भने लुटेरा समूह विप्लव राख, प्रकाण्ड लुटेर समूह भने पनि हुन्छ ।’


उनले विप्लव समूहलाई अहिलेको बाटो छोड्न आग्रह गर्दै देशमा शान्ति, सुरक्षाको व्यवस्था गर्ने जिम्मेवारी सरकारको भएको बताउँदै भने , 'यो देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो । सरकारले गर्छ । म सुन्ने गरी भन्न चाहन्छु ।'


उनले आफूलाई नेकपा भन्न बेइज्जत भइसकेको बताए । उनले विप्लव समूहलाई नेकपा भन्न पनि लाज भएको बताए । उनले भने, 'आफूले पनि नेकपै भन्नु पर्‍या छ । त्यस्ताले पनि नेकपा भन्ने । बेइज्जत भइसक्यो नेकपा भन्दा पनि ।'

प्रकाशित : फाल्गुन २४, २०७५ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?