कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बिस्फोट, दुई घाइते

तस्बिर : केशव थापा

काठमाडौँ — बसुन्धारास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा शुक्रबार राति बिस्फोट भएको छ । राति करिब ८ बजे भएको विस्फोटपछिको आगलागीमा दुई जना घाइते भएका महानगरीय प्रहरी वृत्त महाराजगन्जका इन्स्पेक्टर प्रकाश थापाले जानकारी दिए । घाइतेहरुलाई चिरायु अस्पताल पुर्‍याइएको छ । 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बिस्फोट, दुई घाइते

इन्स्पेक्टर थापाका अनुसार ठूलो विस्फोटको आवाजपछि आगोको मुस्लो देखेर प्रहरी घटनास्थलमा पुगेको थियो । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगो निभाउन दुई दमकल र स्थानीय खटिएका थिए ।


घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रभाग तिलिङ्गटारका हवल्दार विश्वराज कुसवाहले बताए ।

प्रकाशित : फाल्गुन २४, २०७५ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?