देउवा-पौडेल एउटै पोखरीमा 

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका ४ स्थित सिङ्गा प्राकृतिक तातोपानी पोखरीमा डुबुल्की मारेर (नेचुरल हटस्पीङ वाथ) लिई स्वास्थ्य लाभ लिन भिआईपीहरुको आकर्षण बढ्न थालेको छ । शनिबार नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानी कुण्डमा डुबेर (हटस्पीङ वाथ) गरी स्वास्थ्य लाभ लिएका छन् ।

देउवा-पौडेल एउटै पोखरीमा 

कांग्रेस नेताद्वयले तातोपानी स्नान (हटस्पीङ वाथ) लिन शनिबार हेलिकप्टरबाट सोझै तातोपानी पुगेका थिए ।


'केहीबेर तातोपानीमा चोपलिएपछि सभापति देउवाले पोखरीबाट बाहिर निक्लँदै भने, 'हैट, पानी त बढी तातो रहेछ ।'

वाथ, ग्यास्टीक, छालाजन्य रोगको प्राकृतिक उपचार गराउने थालोको रुपमा प्रशिद्ध तातोपानी कुण्डमा सभापति देउवा र वशिष्ठ नेता पौडेल १५ मिनेट तातोपानीको पोखरीमा डुबुल्की (हटस्पीङ वाथ) गरे । 'संसारभरि तातोपानीका मुलहरु प्राकृतिक उपचार गर्ने थलोको रुपमा प्रख्यात छन्' वरिष्ठ नेता पौडेलले भने, 'हामीले पनि प्रचारप्रसार गरी स्वास्थ्य लाभसँगै आर्थिक लाभ पनि लिन सक्नु पर्छ ।'

विशिष्ठ नेताहरु तातोपानी डुब्न आउने भएपछि तातोपानी व्यवस्थापन समितिले सर्वसाधारणलाई शुक्रबार साँझदेखि तातोपानी पोखरीमा वाथ लिन रोक लगाएको थियो । तातोपानी स्नानपछि नेताद्वयले तातोपानीस्थित एक होटलमा स्थानीय जेठो बुढो चामलको भात र म्याग्दी खोलाको असला माछाको सुपसहितको खाना खाएका थिए ।


पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दहाल र संघीय सरकारका गृहमन्त्री तथा नेकपा नेता रामबहादुर थापाले पनि यसअघि तातोपानीमा डुबुल्की मारेका थिए । तातोपानीमा पूर्वप्रधानमन्त्री एवं नेकपा नेता झलनाथ खनाल, पूर्वमन्त्री, नेता तथा पूर्वमुख्य सचिव, कर्मचारी, सेना र प्रहरीका उच्च पदस्थ व्यक्तिहरु पनि तातोपानीमा पुग्ने बढेका छन् ।

हटस्पीङ वाथबाट उपचार गर्नेमा चीन, जापान, इन्डोनोसिया, फिलिफिन्समा बढी छ ।


प्रकाशित : फाल्गुन २५, २०७५ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?