कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

राउतसँगको सहमतिप्रति नेता रावलको आपत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारूढ नेकपाका नेता भीम रावलले सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच शुक्रबार भएको ११ बुँदे सहमतिको भाषाप्रति आपत्ति जनाएका छन् । उनले गठबन्धनका संयोजक सीके राउतले विगतमा राष्ट्र विखण्डन गर्ने अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएको भन्ने कतै नदेखिएको भन्दै आपत्ति जनाएका हुन् ।

राउतसँगको सहमतिप्रति नेता रावलको आपत्ति

'पहिलो त संगठनको नाम नै स्वतन्त्र मधेस राख्नु गलत छ, दोस्रो सीके राउतले संविधानको मर्मविपरीत गएर राष्ट्र विखण्डन गर्ने विषयलाई पटकपटक उठाउँदै आएका थिए, सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएको उल्लेख छैन,' उनले राजधानीमा शनिबार आयोजित अन्तक्रिर्यामा भने । उनले सहमतिपत्रमा स्वतन्त्र मधेसजस्ता आपत्तिजनक शब्द राखिएको उल्लेख गर्दै त्यसबारे जवाफ दिन प्रधानमन्त्रीसँग माग गरे । उनले नेकपाभित्र छलफल नगरी अपारदर्शी ढंगबाट सहमति गएको उल्लेख गर्दै सहमतिले कुनै पनि बेला राष्ट्रलाई आघात पुग्न सक्ने चिन्ता व्यक्त गरे ।



'मुलुकलाई शान्ति र समृद्धिको बाटामा अगाडि बढाउन विभिन्न संघ/संगठनसँग सहमति गर्नुपर्छ, तर सहमति गर्दा त्यसको निश्चित उद्देश्य हुन्छ, जसबाट राष्ट्रलाई आघात पुग्नु हुँदैन, देशको स्वतन्त्रतामा नकारात्मक प्रभाव पर्नु हुँदैन,' उनले भने । पार्टीभित्र गहन छलफल गरेर सहमतिपत्रलाई सच्याउनुपर्ने मागसमेत उनको छ ।


प्रकाशित : फाल्गुन २५, २०७५ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?