सिके राउतसँगको सहमति अनुचित छैन :गृहमन्त्री 

कान्तिपुर संवाददाता

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले फागुन २४ गते सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिलाई गलत अर्थ लगाइएकोप्रति आपत्ति जनाएका छन् । उनले मुलुकका चुनौतीहरूलाई सरकारले  सफलतापूर्वक समाधान गर्दा विभिन्न कोणबाट अनर्थ लगाइएकोप्रति सरकार आश्चर्यचकित भएको बताए । 

फाइल तस्बिर : गृहमन्त्री रामबहादुर थापा

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकार र सिके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमतिबारे सांसदहरूले प्रश्न उठाएपछि गृहमन्त्री थापाले सरकारकोतर्फबाट संसद्मा सहमतिबारे स्पष्ट पारेका हुन् । उनले राजनीतिक समस्यालाई राजनीतिक रूपबाट हल गर्नुपर्नेमा सरकार स्पष्ट रहेको बताउँदै, त्यही प्रयासको प्रतिफल २४ गतेको सहमति भएको बताए ।
गृहमन्त्री थापाले स्वतन्त्र मधेस गठबन्धन समूहले नेपाललाई विखण्डन गर्ने उद्देश्यलाई परित्याग गरेको दाबी गरे । उनले मधेस गठबन्धनसँग नेपालको राजनीतिक अखण्डता,स्वाधीनता रक्षा गर्न सहमति जुटेको बताए । उनले भने,'स्वतन्त्र मधेसी गठबन्धन यो निर्णयमा पुग्नु संविधान विरोधी भयो ? सहमति गर्नु के यो संविधान विरोधी हो ?'

'मुलुकमा दुईवटा समूहहरू सक्रिय थिए । एउटा राज्य व्यवस्थाप्रति असन्तुष्ट जनाउने र अर्को विखण्डनको मुद्दा उठाउने,' गृहमन्त्री थापाले भने, 'ती समूहहरू निरन्तर रूपमा सक्रिय रहँदै आएका थिए । त्यही क्रममा स्वतन्त्र मधेस गठबन्धनको नाममा एउटा समूह सक्रिय थियो । यस्ता समूहहरूलाई नियन्त्रण गर्ने प्रयासस्वरुप स्वतन्त्र मधेस गठबन्धनसँग राजनीतिक सहमति जुट्यो । '

गृहमन्त्री थापाले स्वतन्त्र मधेसी गठबन्धनले पनि आत्मसमर्पण नगरेर संविधानसम्मत ढङ्गले आफ्नो आन्दोलनलाई देशको समृद्धिमा लगाउन तयार रहेको स्पष्ट पारे ।

प्रकाशित : फाल्गुन २६, २०७५ १४:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

स्युचाटारमा फेला परेको 'शंकास्पद वस्तु' सेनाद्वारा डिफ्युज

कान्तिपुर संवाददाता

काठमाडौँ — नागार्जुन नगरपालिका-१०, स्युचाटारको कमलपोखरी भन्ने स्थानमा भेटिएको शंकास्पद वस्तुलाई सेनाको बम डिस्फोजल टोलीले केही बेर अघि निष्क्रिय पारेको छ ।

महानगरीर प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार बिहान १० बजे तिर स्थानीयवासीले तार र प्रेसर कुकर जस्तो वस्तु गाडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाए लगत्तै सो स्थानमा पुगेको प्रहरीले प्रारम्भिक अनुशन्धान गरी सेनालाई खबर गरेको थियो । सेनाको स्रोतले डिफ्युज गरेको प्रेसर कुकर भित्र विस्फोटक पदार्थ रहेको जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन २६, २०७५ १३:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT