२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

नेतालाई हेलिकप्टर प्रतिस्पर्धा 

हरिहरसिंह राठौर

धादिङ — राजधानीबाट सवारी साधनमा गुड्दा २ देखि अढाई घण्टामै जिल्ला सदरमुकाम धादिडवेंसी पुगिन्छ । पृथ्वीराजमाग वरपर त झनै छिटो पुगिन्छ । सदरमुकाम भन्दा बाहिर २ देखि ३ घण्टामा नपुग्ने कुनै पनि बस्ती छैन । तर आफ्नो पहुँच  र शक्ति प्रदर्शनका लागि नेतालाई विभिन्न कार्यक्रममा ल्याउन हेलिकप्टरको प्रयोग गर्ने प्रतिस्पर्धा नै छ ।

नेतालाई हेलिकप्टर प्रतिस्पर्धा 

गत साउन महिनादेखि फागुन १७ गतेसम्म २४ पटक २८ वटा हेलिकप्टर धादिङ आएका छन् । राजमार्गसँग जोडिएको वेनीघाट चरौंदी महोत्सव उद्घाटन गराउन आयोजकहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई मङ्सिर १५ गते हेलिकप्टरमा ल्याए । अध्यक्ष दाहाललाई नै गत माघ १ गते घले समाजद्वारा सदरमुकाममा आयोजित ल्होसार मनाउन हेलिक्पटर मै ल्याए ।


माघ १ गतेकै दिन सदरमुकामको खाल्टेमा गोरु जुधाउने मेला देखाउन कृषिमन्त्री चन्द्रदेव खनाललाई आयोजकहरूले हेलिक्पटरमै ल्याए । आयोजकहरू अकोए हेलिकप्टरमा आफू पनि आए । अध्यक्ष दाहाललाई सल्यानकोटको कार्की गाउँ माध्यमिक विद्यालयले आफ्नो ५९औँ वार्षिकोत्सव मनाउन फागुन ४ गते हेलिक्पटरमा ओसारे । गत फागुन १७ गतेका दिन धादिङमा ३ वटा हेलिकप्टर आए । पूर्व राष्ट्रपति रामवरण यादवबाट जिल्ला सदरमुकाममा लाग्ने मेला उद्घाटन गराउन होटेल व्यवसायी सङ्घले हेलिकप्टर नै बुक गरे भने राजमार्गसँग जोडिएको महादेवस्थान ताल्तीमा चिनियाँ कम्पनीद्वारा निर्माणाधिन हुआसिन सिमेन्टको सिलन्यास गर्न सभामुख कृष्णबहादुर महरालाई नेपाली साझेदार सुरज वैद्यले हेलिकप्टरमै ल्याए । आफू अर्को हेलिकप्टरमा आए ।


'जिल्लामा साना ठुला कार्यक्रममा पनि राष्ट्रियस्तरका नेतालाई उपस्थित गराएर आफ्नो पहुँच माथिल्लो स्तरसम्म नै रहेको देखाउन होडबाजी नै चल्ने गरेको छ ।' जिल्ला स्थित नागरिक समाजका अगुवा सीताराम प्रसाद वर्मा बताउँछन् । जिल्लामा अन्य कार्यक्रममा सहभागी हुन आउने मन्त्रीहरूको त गणना नै हुन्न ।


गत साउनदेखि विभिन्न कार्यक्रममा जिल्लामा २४ पटकमा २८ वटा हेलिकप्टरको प्रयोग गरिएको जिल्ला प्रहरीका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । विष्टका अनुसार गर्भवती , सुत्केरी उद्धारमा ३ पटक, दुर्घटनामा ४ पटक, परियोजनाका सामाग्री ओसारपसारमा ३ पटक र भीआईपी उडानमा ८ पटक हेलिकप्टर प्रयोग गरिएको बताए । राजधानीबाट धादिङ नजिकै भए पनि प्रति उडान एक लाख देखि ३ लाख रुपैयाँसम्म पर्ने गरेको छ ।

प्रकाशित : फाल्गुन २६, २०७५ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?