२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

खादा प्रयोगमा आँच नपुर्‍याउन माग

कान्तिपुर संवाददाता

काठमाडौँ — बौद्धमार्गी समुदायले खादा प्रयोग बन्देज लगाउने सरकारको निर्णय फिर्ता भइसकेको स्थितिमा जनप्रतिनिधिले यसको गलत प्रचार नगर्न माग गरेका छन् ।

खादा प्रयोगमा आँच नपुर्‍याउन माग

'बौद्ध परम्पराअनुसार प्राचीन कालदेखि जन्म, विवाह, मृत्यु लगायत सम्पूर्ण धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधि तथा कार्यक्रममा प्रयोग गरिने पवित्र पुष्प (वस्त्र) खादा हो,' आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, 'उक्त खादाबारे धर्मनिरपेक्ष नेपालको पूर्वमन्त्री तथा वर्तमान व्यवस्थापिका संसदका माननीय खगराज अधिकारीले छिमेकी राष्ट्रसँगको सम्बन्धमा आँच ल्याउने प्रतिकको रुपमा खादा प्रयोग भएकोले बहिस्कार तथा प्रतिबन्ध लगाउनु पर्ने सार्वजनिक अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।'


नेपाल बौद्ध महासंघ, नेपाल शेर्पा संघ, नेपाल तामाङ घेदुङ, तमु ह्युल छोंजधि गुरुङ राष्ट्रिय परिषद, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल आदिवासी जनजाति महिला महासंघ, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र र शेर्पा महिला संघले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।


जिम्मेवार जनप्रतिनिधिले खादाबारे अनावश्यक विवाद खडा गरेर खादा प्रयोग गर्ने समुदायको संस्कृति, परम्पराप्रति आँच नपुर्‍याउनसमेत आग्रह गरेका छन् । 'बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशको जिम्मेवार जनजप्रतिनिधि माननीय अधिकारीलाई व्यवस्थापिका संसद पदबाट तत्काल निलम्बन गरी सामाजिक विद्वेष फैलाएको सम्बन्धमा र त्यसले पुर्‍याएको असरबारे अविलम्ब छानविन तथा कारबाहीको मागसहित यो प्रेस विज्ञप्ति जारी गर्दछौं,' भनिएको छ ।


प्रकाशित : फाल्गुन २६, २०७५ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?