१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

इथियोपियन एयरलाइन्स दुर्घटना : ‘मृतकमध्ये एक गोर्खाकी एकता अधिकारी रहको पुष्टी’

देवेन्द्र भट्टराई

काठमाडौँ — इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा परेर आइतबार अपरान्ह ज्यान गुमाउने १५७  जनामध्ये एकजना नेपाली युवती परेकी छिन् । दुर्घटनामा गोर्खा मुल घर भएकी एकता अधिकारीको निधन भएको छ ।

इथियोपियन एयरलाइन्स दुर्घटना : ‘मृतकमध्ये एक गोर्खाकी एकता अधिकारी रहको पुष्टी’

इथियोपियाको राजधानी अदिस अबावाबाट केन्याको राजधानी नैरोवीतर्फ उडेको विमान धावनमार्ग छाडेको केही बेरमै दुर्घटनाग्रस्त भएको थियो ।


इथियोपियास्थित राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा कार्यरत अधिकारी सोही विमानमा आफ्ना ४ सहकर्मीका साथ केन्याकोतर्फ औपचारिक काममा जाँदै थिइन् ।


विमान इटी ३०२ मा सवार सबै १५७ यात्रुको निधन भएको थियो । मृतकहरु बिभिन्न ३५ राष्ट्रका नागरिक रहेकोमा सबैभन्दा बढी केन्या र क्यानडाका छन् । मृतक एकताका बारेमा काठमाडौंस्थित सम्बद्ध परिवारलाई विश्व खाद्य कार्यक्रम मुख्यालयले जानकारी गराइसकेको मृतक परिवारसँग नजिकको सम्बन्ध भएका सुवास अधिकारीले कान्तिपुरलाई बताए ।


एकता दई वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रमसम्बद्ध रहेर काठमाडौंमा कार्यरत थिइन् । विशेषतः नेपालमा आएको २०७२ को भूकम्पपछिको विपत्को स्थितीमा एकता विश्व खाद्यको ‘आपतकालिन राहत कार्यक्रम’मा संलग्न थिइन् ।


प्रकाशित : फाल्गुन २६, २०७५ २३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?