१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुरक्षा बिथोल्ने तत्वलाई निस्तेज बनाउने प्रक्रिया अघि बढाइएको छ : गृहमन्त्री

माधव ढुंगाना

भैरहवा — गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा बिथोल्ने तत्वलाई निस्तेज बनाउने प्रक्रिया अघि बढाइएको बताएका छन् । सोमबार भैरहवामा आयोजित पाँच नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले अहिले मुलुकका शान्ति सुरक्षाको अवस्था सुदृढ रहेको दाबी समेत गरे ।  

सुरक्षा बिथोल्ने तत्वलाई निस्तेज बनाउने प्रक्रिया अघि बढाइएको छ : गृहमन्त्री

नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीप्रति लक्षित गर्दै गृहमन्त्री थापाले राज्य, संविधान र व्यवस्था विरोधी तत्वबाट मुलुकको शान्ति सुरक्षा र देशको प्रगतिकालागि चुनौती भएकाले यसलाई सफलतापूर्वक निस्तेज र नियन्त्रण गर्न आवश्यक प्रकृया अघि बढाइएको बताए ।


सिके राउत समूहप्रति लक्षित गर्दै मन्त्री थापाले मुलुकलाई बिखण्डन गर्ने समूहपनि सक्रिय रहेकाले त्यस्ता तत्वलाई संविधान भित्रैको राजनीतिको मूलधारमा ल्याउन सरकार सफल रहेको दाबी गरे । । यस बाहेकका असामामाजिक तत्वलाईपनि निस्तेज पार्न ठोस कदम चाहिने उनले जनाए ।


सिके राउतसँग भएको सम्झौताको सूचनाको प्रवाह उनका सबै कार्यकर्ता माझ पुगि नसकेका कारणले पनि यदाकदा विवादास्पद अभिव्यक्ति आउने गरेको हुन सक्ने भनाइ मन्त्री थापाको थियो । भर्खरै जेलबाट छुटेर बाहिर निस्केका कार्यकर्ताबाट विवादास्पद अभिव्यक्ति आएको हुन सक्ने तर्क मन्त्री थापाको थियो ।


'मधेसलाई नेपालबाट अलग गर्ने दस्तावेज र नारालाई परित्याग गर्ने भन्ने सहमति भएको जानकारी दिँदै मन्त्री थापाले भने, 'यो अखण्ड राष्ट्र हो ।रक्षा गर्न हामी प्रतिबद्ध छौं ।'


पाँच नम्बर प्रदेश अन्तर्गतका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुशन्धानका प्रमुखहरुको सहभागिता रहेको यस गोष्ठिमा शान्ति सुरक्षाको अवस्थाका वारेमा समिक्षा गरि सुदृढ गराउनकालागि निश्कर्ष निकालिने उद्देश्य गोष्ठिको छ । गोष्ठिमा सवै सुरक्षा निकायका प्रमुख, गृह सचिव लगायतका उच्च सुरक्षा अधिकारी सहभागी छन् ।

प्रकाशित : फाल्गुन २७, २०७५ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?