२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

राउतका पछिल्ला गतिविधि बारे सरकारले स्पष्ट पार्नुपर्छ : देउवा 

लालप्रसाद शर्मा

पोखरा — पृथकतावादी आन्दोलनबाट मूलधारको राजनीतिमा आउने भनिएको सहमति विपरीत सीके राउतका पछिल्ला गतिविधिबारे सरकारले स्पष्ट पार्नुपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् । 

राउतका पछिल्ला गतिविधि बारे सरकारले स्पष्ट पार्नुपर्छ : देउवा 

मंगलबार पोखरामा आयोजित पत्रकारसँगको भेटमा देउवाले सहमतिको एउटा हस्ताक्षर पक्ष राउत भएकाले उनका पछिल्ला गतिविधि राष्ट्रघाती भएकोे बताए । राउतले दिदै आएको जनमत संग्रहमार्फत छुट्टै देश बनाउने भन्ने अभिव्यक्तिको प्रधानमन्त्री केपी ओलीले खण्डन गर्नुपर्ने नभए राउतलाई पक्राउ गर्नुपर्ने उनको माग छ ।


राउतसँगको सम्झौताबाट नेपालको कुनै पनि भागलाई टुक्राउने काम नमान्ने र यो सह्य नहुने उनले बताए । 'राउतले जनमत संग्रह गरेर देश टुक्राउने कुरा गरेका छन् । मूलधारमा आएको भए त्यस्तो भन्थे ?,' देउवाले भने, 'हामीले राउतलाई मूलधारमा ल्याउने कुराको विरोध गरेका छैनौं । तर उनका पछिल्ला अभिव्यक्ति राष्ट्रघाती कदमको रुपमा लिएको छु । यसको खिलापमा हामी जान्छौ ।'


राउतका अभिव्यक्तिको प्रधानमन्त्रीले खण्डन गर्नुपर्‍यो वा उनलाई पक्राउ गर्नुपर्ने उनले बताए । एउटा हस्ताक्षर पक्ष राउत भएकाले उनको अभिव्यक्तिबारे स्पष्ट पार्ने काम सरकारको रहेको उनको भनाई थियो । देउवाले सरकारले राउतसँग सहमति गर्नुपूर्व आफूहरुसँग कुनै सल्लाह नगरेको बताए ।


उनले सरकारले एक वर्षको अवधिमा एउटै देखाउन लायक राम्रो काम नगरेको आरोप लगाए । बरु स्थानीय तहको अधिकार खोस्न थालेर अधिनायकतर्फ जान खोजेको उनको भनाइ छ । सरकार संघीयता कमजोर बनाउन लागेको भन्दै उनले सरकारविरुद्ध आन्दोलनमा जाने बताए ।


फौजदारी संहिताको नाममा प्रेसलाई नियन्त्रण गर्न खोजिएको र यो प्रजातन्त्रमाथिको अर्को आक्रमण रहेको उनले दाबी गरे । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीप्रति इंगित गर्दै उनले हत्या, हिंसाको राजनीति गर्नेलाई सरकारले कारवाही गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : फाल्गुन २८, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?