मकवानपुरगढीमा जन्ती बस दुर्घटना, २ को मृत्यु , २८ घाइते

प्रताप विष्ट

हेटौडा — कान्ति राजपथबाट भक्तपुरबाट हेटौडा आउँदै गरेको जन्ती बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 
दुर्घटनामा परी २८ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

मकवानपुरगढीमा जन्ती बस दुर्घटना, २ को मृत्यु , २८ घाइते

बा ४ ख २ २२१७ नम्बरको जन्ती बस मकवानपुरगढी गाउँपालिकाको सिखर कटेरीमा मंगलबार दिउँसो सडकबाट तल खसेको थियो ।

बालाजुका २० वर्षीय विकास धमला र भक्तपुरका ३५ वर्षीय नवराज परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको हटौंडामा उपचार भइरहको प्रहरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन २८, २०७५ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?