२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सेनालाई ज्यामी बनाउने कर्णेलमाथि छानबिन

नारायण शर्मा

नवलपरासी — निजी घरको पर्खाल लगाउन नेपाली सेनाका जवान प्रयोग गरेका बहालवाला कर्णेलमाथि कारबाही थालिएको छ । निजी काममा सेनालाई ज्यामी बनाएर अख्तियार दुरुपयोग गरेको भन्दै उनीमाथि सैनिक मुख्यालयले छानबिन थालेको हो । गैंडाकोट नगरपालिका २ स्थित प्रगती टोलमा रहेको कर्णल रविन्द्र लुइँटेलले आफ्नो १२ आना जग्गामा पर्खाल लगाउन ५८ सैनिक जवानलाई काममा लगाएका थिए । 

सेनालाई ज्यामी बनाउने कर्णेलमाथि छानबिन

सैनिक प्रवक्ता यम ढकालले कर्णेल लुइँटेलले घरायसी काममा सेना खटाएको बारेमा वन तथा पर्यावरण निर्देशनालय र सेनाको शिकायत जाँच कार्यालयबाट अनुसन्धान भइरहेको जानकारी दिए । दोषी प्रमाणित भएमा सेनाको नियमावलीअनुसार कारबाही गर्ने उनले कान्तिपुरलाई बताए । सेनालाई निजी काममा लगाउनु सैनिक ऐनविपरीत हो ।


हात्तीखोरस्थित सेनाको वन तथा पर्यावरण निर्देशनालयका कर्णेल लुइँटेलले निजी काममा सेना प्रयोग गरेपछि स्थानीयले समेत विरोध गरेका छन् । गैंडाकोट नगरपालिकाको प्रगतिटोलमा कर्णेल लुइँटेलकी आमा रामपियारी लुइँटेलको नाममा रहेको कित्ता नम्बर ४३९६ को १२ आना जग्गामा पर्खाल लगाउन अघिल्लो साता ४ दिनसम्म सेनाका जवान खटाइएको थियो ।


यो पनि : कर्णेलको निजी घर बनाउन सेना

प्रकाशित : फाल्गुन २८, २०७५ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?