हाडनाता करणीमा ३७ वर्ष ६ महिना कैद

कान्तिपुर संवाददाता

ओखलढुंगा — हाडनाता करणीको एक मुद्दाका प्रतिवादीलाई जिल्ला अदालतले मंगलबार ३७ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश कैलाश केसीको इजलासले उक्त फैसला सुनाएको हो ।

हाडनाता करणीमा ३७ वर्ष ६ महिना कैद

गत कात्तिक ८ गते दर्ता भएको हाडनाता करणी मुद्दामा जिल्ला अदालतले फागुन ९ गते नै कसुर निर्धारण गरेको थियो । कसुर सजाय निर्धारणका लागि मंगलबार पेसी राखिएको थियो ।


गत असोज १० गते घटेको घटना हाडनाता करणीसँग सम्बन्धित भएकाले परिचय गोप्य राखिएको जिल्ला अदालतका स्रेस्तेदार नेत्रबन्धु पौडेलले बताए ।


जन्मकैदको २५ वर्ष र करणीबापत सोको आधा १२ वर्ष ६ महिना गरी ३७ वर्ष ६ महिना सजाय सुनाएको हो ।


नयाँ संहिता लागू भएपछि हाडनाता करणीको घटनामा सबैभन्दा धेरै सजाय सुनाएको यो पहिलो हो । प्रतिवादीलाई प्रहरीले यसअघि नै पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको थियो ।

प्रकाशित : फाल्गुन २८, २०७५ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?