भरतपुरकाे ५ नम्बर वडा कार्यालयमा विस्फोट

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिका वडा नम्बर ५ काे कार्यालय भवनमा गएकाे मध्यरातमा विस्फोट भएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयकाे प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठाैरका अनुसार कार्यालयमा सिलिन्डर बम विस्फोट भएकाे हाे ।

भरतपुरकाे ५ नम्बर वडा कार्यालयमा विस्फोट

विस्फोटपछि भवन चर्केकाे छ । आगलागी भएपछि दमकलले निभाएकाे थियाे । कागजपत्रहरू पनि जलेकाे एसपी राठाैंरले बताए ।

घटनामा हिजाे मात्रै सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेकाे नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपाकाे हात रहेकाे सुरक्षा अधिकारीहरूकाे आशंका छ । घटनाकाे औपचारिक जिम्मेवारी कसैले लिइसकेकाे छैन । सदरमुकामदेखि लगभग पाँच किलाे मिटर दक्षिण पश्चिममा रहेकाे साे वडा कार्यालयमा अघिल्लाे वर्ष मंसिर १६ मा पनि विस्फोट भएकाे थियाे ।

निर्वाचनकाे विराेधमा रहेकाे विप्लवकाे पार्टीले नै त्याे बेला मतदान हुनेभन्दा पाँच दिनअघि वडा कार्यालयमा विस्फोट गराएकाे थियाे ।


प्रकाशित : फाल्गुन २९, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?